कोरोनाको निःशुल्क परीक्षण गर्न माग

राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ । मञ्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाउँदै कोभिडको पिसिआर तथा एन्टीजेन परीक्षण निःशुल्क गर्न माग गरेको हो । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले हस्ताक्षर गर्नुभएको पत्रमा नेपालका सरकारी तथा निजी अस्पतालले पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा लागत भन्दा बढी मूल्य लिएको उपभोक्ता तथा चिकित्सकले गुनासो गर्न थालेको भन्दै निःशुल्क बनाउन माग गरिएको जनाइएको छ ।

CONTINUE READING

हात्तीको त्रास, रातभर जाग्राम

बुद्धशान्ति गाउँपालिका–३ का बासिन्दा जङ्गली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन् । उनीहरु दिनभर नजिकैको आदर्श नमूना सामुदायिक वनमा बस्छन् भने रात परेपछि बस्तीमा फर्किन्छन् । तर राति पनि उनीहरु सुत्न पाउँदैनन् । हात्तीको त्रासले रातभर जाग्राम बस्ने गरेका छन् । जङ्गली हात्तीले स्थानीयको घर भत्काउनुका साथै अन्नबाली, करेसाबारीको सागपात, फूलफूललगायत खाइदिँदा उनीहरु हात्तीबाट बाली जोगाउन र आफू बाँच्न सधैँजसो राति जाग्राम बस्न थालेका हुन् ।

CONTINUE READING

माघ महिनाभर सभा, भेला गर्न नपाइने

बढ्दो कोभिड–१९ सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले धार्मिक स्थलमा हुने नित्य पूजा र प्रार्थना बाहेकका सबै पूजामा रोक लगाएका छन् भने आमसभा, जुलुस, सभा, भेलालगायत गतिविधि पनि निषेध गरेका छन् । कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन सहितको सङ्क्रमण नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी बनाउन मंगलबार मध्यरातदेखि माघ मसान्तसम्म लागू हुने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बेग्लाबेग्लै आदेश जारी गरी भीडभाड हुने गतिविधिमा रोक लगाएका हुन् ।

CONTINUE READING

बालबालिकालाई न्यानो कपडा

भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’मार्फत न्यानो कपडा वितरण गरेको हो । बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि विद्यार्थीको भौतिक उपस्थितिमा नभई विद्यालय मार्फत् विद्यार्थीलाई दिने गरी न्यानो कपडा वितरण गरिएको हो ।

CONTINUE READING

बेनी अस्पतालमा आइसीयुसहितको बालबालिका उपचार कक्ष

म्याग्दी सदरमुकाम स्थित बेनी अस्पतालमा आइसीयु (सघन उपचारकक्ष)सहितको बालबालिका उपचार कक्ष स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार र उपकरण जुटाएर मंगललबारदेखि सो कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले आइसीयुसहित आठ शैया क्षमताको उपचार कक्षमा सेवा सुरु भएको जानकारी दिनुभयो । यसअघि अन्य उमेर समूहकै बिरामीसँगै राखेर बालबालिकाको उपचार हुँदै आएको थियो । बालबालिकाको उपचारलाई प्रभावकारी र व्यवस्थित गर्न तथा हेरचाहमा सहजता लागि सो कक्ष सञ्चालनमा ल्याइएको हो ।

CONTINUE READING

कोरोनाका कारण पशुपति र मनकामना मन्दिर प्रवेशमा रोक

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या उच्च गतिमा बढेपछि आजैदेखि पशुपति नाथ मन्दिर प्रवेशमा रोक लगाइएको छ । मन्दिर लगायतका सार्वजनिक स्थलमा भिडभाड हुनेहुँदा संक्रमणको जोखिम बढेको भन्दै सरकारले पशुपति नाथ मन्दिर भक्तजनका लागि बन्द गरेको हो । यसै गरी गोरखाको मनकामना मन्दिरले पनि आगामी शुक्रबारदेखि भक्तजनलाई प्रवेशमा रोक लगाउने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।

CONTINUE READING

भारतमा कोरोना संक्रमण उच्च

भारतमा विगत केही दिनदेखि कोरोना संक्रमण उच्च गतिमा बढेको छ । पछिल्लो २४ घन्टामा मात्रै भारतमा २ लाख ५७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यसै गरी कोरोनाकै कारण दैनिक मृत्यु दरमा पनि वृद्धि भएको छ । संक्रमण दर व्यापक रुपमा बढेपछि विभिन्न राज्यहरुले प्रतिबन्धात्मक व्यवस्थामा कडाई गरेका छन् । राजधानी नयाँ दिल्ली, व्यापारिक राजधानी मुम्बई लगायतका स्थानमा शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।

CONTINUE READING

स्वस्थानी व्रत शुरु

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघ स्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ ।
बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत् माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

CONTINUE READING

सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

दमौली, ३ माघ (रासस)/ तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने जनाएको छ । गृहमन्त्रालयको निर्णय अनुसार गत पुस २९ गते जारी आदेशबमोजिम कार्यालय, होटल, रेस्टुराँ, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, उद्यानमा प्रवेश गर्दा अनिवार्य खोप कार्ड देखाउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो ।

CONTINUE READING

बागलुङमा बढ्यो कोरोना, छैन अक्सिजन जगेडा

अहिलेसम्म बागलुङमा अक्सिजनको जोहो हुन सकेको छैन । दोस्रो लहरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अक्सिजनको व्यवस्थापनका लागि जिल्लास्थित व्यवसायी तथा अन्य व्यक्तिले अक्सिजन सिलिण्डर जम्मा गरेर पोखरादेखि भरेर ल्याएर प्रयोग गरिएको थियो । यस समस्याको अन्त्य गर्नका लागि धौलागिरि अस्पताल बागलुङमै अक्सिजन प्लान्ट निर्माणको सरकारले चालेको थियो तर गत भदौ महिनामा सुरु भएको अक्सिजन प्लान्टले अझै पूर्णत पाउन सकेको छैन तर जिल्लामा कोरोनाको दर पुनः उकालो लाग्न थालेको छ । अहिलेसम्म अक्सिजन प्लान्टले अक्सिजन उत्पादन नगर्दा समस्या पर्ने देखिएको छ ।

CONTINUE READING