भद्रपुर बन्यो प्रथम बालमैत्री नगर
संस्कृति र सभ्यताको आधार, सुखी बालबालिका समृद्ध भद्रपुर नगर भन्ने नाराका साथ प्रदेश नं १ को पहिलो बालमैत्री नगर भद्रपुर नगरपालिकाले मनाएको छ ।
CONTINUE READINGसंस्कृति र सभ्यताको आधार, सुखी बालबालिका समृद्ध भद्रपुर नगर भन्ने नाराका साथ प्रदेश नं १ को पहिलो बालमैत्री नगर भद्रपुर नगरपालिकाले मनाएको छ ।
CONTINUE READINGबालविवाह रोकथाम गर्ने जुम्लाका स्थानीय तह सक्रिय हुनुपर्नेमा यहाँका सरोकारवालाले जोड दिएका छन् । बालविवाह सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बालविवाह न्यूनीकरण अभियानमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
CONTINUE READINGजिल्ला प्रशासन कार्यालय चितवनले बुधबार देखि ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु गरेको छ । कार्यालयले अनलाइन मार्फत् फाराम भरेर राहदानी लिन सकिने व्यवस्था गरेको हो ।
CONTINUE READINGवाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले देशमा बालसाहित्य संगठनहरु कमजोर हुनाले बालसाहित्य पछाडि परेको हो भन्नुभएको छ । कातिकेय ट्रस्ट नेपालद्धारा ट्रस्टको २५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानी काठमाडौँको गैरीधारामा अवस्थित सुविधा सम्पन्न क्याफे भोजघरमा आयोजित कार्तिकेय बालप्रतिभा पुरस्कार तथा बालसाहित्य लेखक सम्मान समारोह २०७८ को क्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो ।
CONTINUE READINGमुलुकमा रहेका सामुदायिक पुस्तकालयहरूको सर्वेक्षण एवं खोजी गरिने भएको छ ।
गोदावरी नगरपालिका–४ बडिखेलमा अवस्थित ‘गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रले आयोजना गरेको एक कार्यक्रममा रिड नेपालका उपनिर्देशक चिनकाजी श्रेष्ठले नेपाल सरकार अन्तर्गत् शिक्षा मन्त्रालय र शिक्षासम्बन्धी अनुसन्धान गर्ने संस्था न्यू ऐराले संयुक्त रुपमा सो काम गर्ने भएको बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा १३ वर्षको अवधिमा १८ वटा मात्रै बच्चा हुर्किएका छन् । पछिल्ला दुई वर्ष अण्डा पारेको भए पनि बच्चा कोरल्न सकेको छैन । कृत्रिम रुपमा गरिएको प्रजननभन्दा प्राकृतिक रुपमा प्रभावकारी देखिएपछि प्रकृतिमा नै गिद्धको संरक्षणमा जोड दिइएको छ ।
CONTINUE READINGराष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्याकिङ क्यामेरा चोरी भएका छन् । चितवन पर्सा कम्प्लेक्स अन्तर्गत् क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामेरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
CONTINUE READINGविद्यार्थीमा पढ्ने बानीको विकासका लागि कावासोती नगरपालिकाले पठन अभियान सुरु गरेको छ । कावासोती नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत १२ हजार विद्यार्थीको हातहातमा विद्यालय पाठ्यक्रम भन्दा बाहिरका कथाका किताब पुर्याउने र उनीहरूमा पठन संस्कृतिको विकास गराउन अभियान सञ्चालन गरिएको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो ।
CONTINUE READINGग्रामीण क्षेत्रका कम आए भएका परिवारका बालबालिका विकासको लयबाट टाढिने उच्च जोखिम रहेको एक अध्ययनले देखाएको छ । अध्ययनले बालबालिकाको स्वास्थ्य, सिकाइ र मनोसामाजिक अवस्थामा समेत असर पारेको उल्लेख गरेको छ ।
CONTINUE READINGझण्डै ५० वर्षअघिको पनौती र आजको पनौतीलाई नयाँ पुस्ताले अब तस्बिर पुस्तकमा देख्न पाउने भएको छ ।
CONTINUE READING