कालिकोट जिल्लाका सबै पालिका सडक सञ्जालसँग जोडिए

कालिकोट जिल्लाका नौवटै स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन् । रास्कोट, खाडाचक्र र तीलागुफा नगरपालिका तथा महावै, शुभकालिका, सान्त्री त्रिवेणी, पचालझरना र नरहरिनाथ गाउँपालिका सडक सञ्जालसँग जोडिएका हुन् ।

CONTINUE READING

पुष्पसदन स्कुलका आलोक

यस पटक हामीले पुष्पसदन स्कुल कीर्तिपुरमा अध्ययनरत प्रतिभाशाली नवयुवा आलोकको गायन प्रस्तुत गरेका छौँ । यिनको सुमधुर स्वारमा यो मार्मिक गीत सुनेर लाइक र सेयर गरिदिनुहोला ।

CONTINUE READING

ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा उच्च सतर्कता

दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को ‘ओमिक्रोन भेरियन्ट’ भित्रिन नदिनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको त्रिवेणी भन्सारमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले नयाँ भेरियन्ट जिल्लामा भित्रिन नदिनका लागि स्वास्थ्य सचेतनासँगै सीमामा उच्च सतर्कता अपनाइएको बताउनुभयो ।

CONTINUE READING

जटायु गिद्ध रेष्टुरेण्ट

गिद्धलाई प्रकृतिको कुचिकार मानिन्छ । गिद्धको संरक्षण गर्ने उद्देश्यले नवलपरासीको पिठौलीमा सन् २००६ मा जटायु रेष्टुरेण्ट स्थापना गरिएको थियो ।

CONTINUE READING

बन्दीपुरमा फनपार्क सञ्चालनमा

बन्दीपुरमा निर्माण गरिएको फनपार्क शुक्रबारदेखि सञ्चालनमा आएको छ । करिब साढे तीन करोड लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो ।
बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताउनुभयो ।

CONTINUE READING

मनकामना केबलकार चार दिन बन्द हुने

काठमाडौँ २०७८ पुस ४/ मनकामना केबलकार चार दिन बन्द हुने भएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मत सम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिने भएको हो ।

CONTINUE READING

बालविवाह मुक्त गाउँ घोषणा

डोटीको दिपायल सिलगढी नगरपालिका– ८ लडागडाको बेड गाँउलाई जिल्लाकै पहिलो बालविवाह मुक्त गाँउ घोषणा गरिएको छ ।

CONTINUE READING

काठमाडौँको तापक्रम यस वर्षकै कम

काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।

CONTINUE READING

आठ फिटको केराको घरी

केराको घरी आठ फिट लामो छ भन्दा अचम्म लाग्ला तर महोत्तरीको बर्दिबास नगरपालिका– १ दुर्गामन्दिर बस्ती छेउका घनश्याम न्यौपानेको करेसाबारीमा फलेको केराको घरी आठ फिट लामो छ ।

CONTINUE READING

बडीखेलमा ५५ फिट अग्लो शिवको मूर्ति बनाइँदै

गोदावरी नगरपालिका– ४ बडीखेलको तपेश्वर क्षेत्रमा ५५ फिट अग्लो शिवको मूर्ति स्थापना गरिने भएको छ । विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र स्थानीयवासीको सहभागितामा बडीखेलमा भएको छलफलमा सो मूर्ति स्थापना गर्ने निर्णय गरेको हो ।

CONTINUE READING