बालक विरुद्ध हुने हिंसा अन्त्यका लागि समूह

यौन हिंसा, दुर्व्यवहार भन्नसाथ हामीले अधिकांश रुपमा महिला र बालिकाहरु मात्र सोच्ने गर्दछौं । नेपालको विभिन्न कानूनहरु जस्तै अपराध संहिता अन्तर्गतको जबरजस्ती करणीको महलले समेत बालकमाथि जबरजस्ती करणी हुन सक्ने विषयमा मौन रहेको छ । त्यसैकारण बालकमाथिको बलात्कारको मुद्दा अप्राकृतिक मैथुन अन्तर्गत अघि बढ्ने गरेको छ । नेपालका विविध कानूनहरुमा बालकमाथिको हिंसाका विषयमा छलफल गर्न र यस मुद्दालाई पनि नेपालको बालअधिकारवादी आन्दोलन र ऐन तथा नीतिमा समेत स्थापित गर्नुपर्ने विषयमा सरोकारवालाहरुले एकसाथ आवाज उठाउनुभएकाे छ ।

CONTINUE READING

विद्यार्थी बोक्ने गाडीको गति सीमित गर्न गृह मन्त्रालयको पत्राचार

स्कुले विद्यार्थी बालबालिका बोक्ने गाडी सवारी साधनको गति सीमित गरी गति निर्धारणका लागि गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र गतिका सवारी साधनका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम बढी हुने भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले चासो  देखाउनु भएपछि गृहले आइतबार भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरेको हो ।

CONTINUE READING

५१ लाखलाई हात्तीपाइले रोग नियन्त्रणका लागि औषधि

कोशी प्रदेशका १४ जिल्लामध्ये झापामा  हात्तीपाइलेको समस्या छ । झापाका १५ वटै पालिकाको एक सय ३१ वडामा नौ लाख ६१ हजार आठ सय ६१ जनालाई वैशाख १६ देखि ३० गतेसम्ममा औषधि खुवाउने अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले बताउनुभयाे । कोशी प्रदेशका झापाबाहेकका १३ जिल्लामा हात्तीपाइले  निवारण भइसकेको छ । हाल झापामा दुई सय ८० जनाभन्दा बढी रोगी पहिचान भएका छन् । पहिचान नभएका रोगीको सङ्ख्या अझ धेरै हुनसक्ने  उहाँको अनुमान छ ।

CONTINUE READING

कक्षा १२ को परीक्षा

यो वर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी भएका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।

CONTINUE READING

नेपालमा अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव

नेपालमा पहिलो अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव (बालफिल्म महाेत्सव) वि.सं.२०५३ मा आयोजना भएको थियो । नेपाली चलचित्र निर्माता र निर्देशकलाई बाल चलचित्र निर्माणका लागि उत्प्रेरित गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको थियो । नेपाल बाल संगठन, नक्साल, काठमाडौँद्वारा आयोजित उक्त महोत्सवमा विभिन्न देशका बाल चलचित्रहरु देखाइएका थिए ।

CONTINUE READING

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले वैशाख ६ र ७ गते बिहीबार र शुक्रबार पाँच वर्षमुनिका बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
भाेलि बिहीबार र पर्सी शुक्रबार दुई दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ ।

CONTINUE READING

भर्ना अभियान सफल बनाउन प्रधानमन्त्री प्रचण्डकाे आव्हान

शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान वैशाख २ गतेबाट शुरु भएको छ । सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने सङ्कल्पका साथ भर्ना अभियानको शुभारम्भ गरिएको हो ।

CONTINUE READING

चन्द्रागिरीका सामुदायिक विद्यालयमा बालविकास कक्ष

चन्द्रागिरी नगरपालिकाले आफू मातहतका सबै सामुदायिक विद्यालयमा बालविकास कक्ष अनिवार्य गरेको छ । आगामी वैशाखदेखि शुरु हुने नयाँ शैक्षिक सत्रमा भर्ना हुने बालबालिकाले आफू अनुकूल खेल्दै, रमाउँदै, सिक्दै र पढ्दै गर्ने स्तरीय वातावरण पाउनेछन् । विद्यालयको तहको पहिलो यस्ता कक्षमा बालबालिकाको सिकाइका लागि आवश्यक सामग्री (खेलकुद, पाठ्यपुस्तक, स्मार्ट डिजिलट बोर्ड आदि) रहनेछन् । नगरका १५ वडाभित्र रहेका २४ वटा सामुदायिक विद्यालयमध्ये यही महिनाभित्र २३ विद्यालयमा ‘बालविकास कक्ष सबलीकरण’ भइसक्ने छन् ।

CONTINUE READING

विद्यालको नाम नेपालीपन झल्किने हुनैपर्ने

काठमाडौं महानगरपालिकाभित्र संचालित संस्थागत विद्यालयले अनिवार्य रूपमा नेपालीपन झल्कने गरी नामकरण गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा विद्यार्थी आकर्षण गर्ने नाममा अधिकांश संस्थागत विद्यालयले अङ्ग्रेजी नाम राख्ने गरेका छन् । साथै युरोप, अमेरिकालगायत विकसित मुलुकमा उत्कृष्ट ठहरिएका शैक्षिक संस्थाको नाम राखेर विद्यालय खोल्ने क्रम पनि बढेको छ । त्यस्ता विद्यालयले नेपालीपनलाई संरक्षण गर्न नसकेको बताउँदै महानगरपालिकाले अबदेखि अनिवार्य रूपमा नेपालीमा नै नाम राख्न निर्देशन दिएको छ ।

CONTINUE READING

वरिष्ठ कलाकार हरिवंश आचार्यकाे नयाँ गीत

भाइबहिनहरु, वरिष्ठ कलाकार हरिवंश आचार्य अहिले गीत रचना, संगीत र गायनमा सक्रिय हुनुहुन्छ ।  उहाँले एक पछि अर्को गीत सार्वजनिक गरिरहनुभएकाे छ।  जनचेतनामूलक सृजनालाई सबै दर्शकमाझमा पुर्याउन सफल हरिवंशको भ्रष्टाचार नियन्त्रण र खबरदारीको संदेश बोकेको नयाँ गीत सार्वजनिक भएको छ।  

‘जस्को पनि दाउ छ खाने हो हाम्म हाम्म’ बोलको सार्वजनिक गीतमा हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको छ भने श्याम स्वेत रसाईलीको एरेन्ज रहेको छ ।

CONTINUE READING