१५ औँ राष्ट्रिय बाल नाटक महोत्सवमा घिमिरे युवराजकाे नाटकले पायो सर्वोत्कृष्ट नाटक पुरस्कार

यस वर्ष महाेत्सवकाे पहिलाे दिन फागुन २ गते बालसाहित्य रत्न शान्तदास मानन्धरकाे स्मरण गर्दै उहाँकाे स्मृतिमा यसै वर्षबाट स्थापित ‘बालसाहित्य रत्न शान्तदास स्मृति सम्मान’ शिक्षासेवी भक्त राजभण्डारीलाई प्रदान गरिएको थियो । शान्तदास शैली थिएटरका सल्लाहकार पनि हुनुहुन्थ्याे ।
उक्त प्रतियोगिताको समापन समाराेहको प्रमुख अतिथ्य वरिष्ठ रङ्गकर्मी अशेष मल्लले गर्नुभएको थियो ।

CONTINUE READING

शान्तदास सम्मान भक्त राजभण्डारीलाई

आजबाट सुरु भएको १५ औँ बालनाटक महोत्सवको उद्घाटन समारोहमा बालसाहित्य रत्न शान्तदासको स्मृतिमा स्थापित शान्तदास स्मृति सम्मान २०८० बाट भक्तपुर इङ्लिस स्कुल, भक्तपुरका प्राचार्य शिक्षासेवी भक्त राजभण्डारीलाई सम्मानित गरिएको छ ।
विगत चार दशकभन्दा लामो समयदेखि शिक्षा सेवाका क्षेत्रमा संलग्न वरिष्ठ शिक्षासेवी राजभण्डारीले विद्यालयको स्थापना समयदेखि नै शान्तदास मानन्धरको लेखनमा

CONTINUE READING

अन्तरविद्यालय कुरुक्षेत्र रोबोटिक्स प्रतियोगितामा विभिन्न विद्यालय पुरस्कृत

रिजेन्ट आवासीय स्कुल, धापाखेल, ललितपुरद्वारा आयोजित अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता कुरुक्षेत्रमा विभिन्न विद्यालय पुरस्कृत भएका छन् । आज रिजेन्ट स्कुलका प्रिन्सिपल नवराज सन्जेलको सभापतित्वमा आयोजित समापन समारोहमा स्मार्ट सिटी अवधारणा प्रदर्शनी एवम् रोबोटिक्स प्रतियोगितामा विजयी बालबालिकालाई पूर्व सांसद माननीय नवराज सिलवालले पुरस्कार वितरण गर्नुभयो ।
यस प्रतियोगितामा रोबो वार (भिडन्त) मा मदर्स कास्टल स्कुल विजयी र बालकुन्ज इङ्लिस सेकेन्डरी स्कुल फस्ट रनर अप भयो । यस्तै लाइन फलोइङमा रिजेन्ट स्कुल विजयी र फस्ट रनर अप निर्मल विकास एकेडेमीले प्राप्त गर्न सफल भयो ।

CONTINUE READING

रिजेन्ट स्कुलमा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता

रिजेन्ट आवासीय स्कुलमा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता आजबाट सुरु भएको छ । २७ गते शनिवार विद्यार्थीहरुले तयार गर्नुभएका उपकरणहरुको प्रदर्शनी र प्रतियोगिताको नतिजा घोषणा गरिने आयोजक विद्यालय रिजेन्ट स्कुलका प्रिन्सिपल नवराज सन्जेलले बताउनुभएको छ ।
कुरुक्षेत्र अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता नामक यस प्रतियोगितामा १५ वटा विद्यालका बालबालिकाहरुले भाग लिनुभएको छ ।

CONTINUE READING

बालसाहित्य लेखक विमला निरौलाको ‘यात्रामा देश’

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका महासचिव तथा बाल साहित्य लेखक विमला निरौलाको यात्रामा देश बालकविता संग्रहको लोकार्पण गरिएको छ ।
साहित्यकार तथा समाजसेवी सुश्री भद्रा घलेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको सभापतित्व अनेसास, नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीेले गर्नुभएकाे थियाे ।

CONTINUE READING

बालसाहित्य लेखक कविता पराजुलीले एक लाखको पुस्तक दान गर्नुभयो

केटाकेटी अनलाइन बालपत्रिकाको ‘पुस्तक दान महादान’ अभियानका लागि आदरणीय बालसाहित्य लेखक एवम् समाजसेवी कविता पराजुलीले केटाकेटी अनलाइन बालपत्रिकालाई रु. एक लाखको बालपुस्तक दान गर्नुभएको छ । लेखक पराजुलीले रचना गर्नुभएका उत्कृष्ट ११ बालकथाहरु समावेश रहेको भ्यागुताको योग कृतिको नेपाली र अंग्रेजी संस्करण गरी ३७५ प्रति पुस्तक उहाँँले यस अभियान सफल बनाउनका लागि दान गर्नुभएको छ ।

CONTINUE READING

रिजेन्ट स्कुलमा अभिभावक शिक्षा तथा रक्तदान कार्यक्रम

रिजेन्ट आवासीय मावि, ललितपुर–२३, धापाखेलमा बालबालिकाको शिक्षण सुधारका लागि विद्यार्थीको सरोकारका विभिन्न विषयमा छलफल गरी तेश्रो अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
आर्ट अफ ज्वाएफुल प्यारेन्टिङ नामक यस कार्यक्रममा प्राथमिक र माध्यमिक तहका विद्यार्थीका लागि छुट्टाछुट्टै हलमा आयोजित कार्यक्रमलाई प्रतीक्षा गौतम र सुशील उप्रेतीले सहजीकरण गर्नु भएको थियो ।

CONTINUE READING

रिजेन्ट रेसिडेन्सियल स्कुलमा MUN कार्यक्रम

रिजेन्ट रेसिडेन्सियल स्कुल, ललितपुर-२३, धापाखेलद्वारा आयोजित ३ दिने “Regent Intra- Model United Nations (MUN)” कार्यक्रम मङ्सीर २९ देखि पुस १ (December 15-17, 2023) सम्म उत्साहपूर्ण रुपमा सम्पन्न भयो । कार्यक्रमको कार्यक्रमकाे उद्घाटन वागमती प्रदेश सभाका माननीय उप-सभामुख अप्सरा चापागाईले गर्नुभएको थियो ।

CONTINUE READING

‘दैवज्ञ बालसाहित्य पुरस्कार’ बाट रामबाबु सुवेदी पुरस्कृत

दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठान, काठमाडौँले हरेक वर्ष प्रदान गर्दै आएको ‘दैवज्ञ बालसाहित्य पुरस्कार’ यस वर्ष २०८० का लागि वरिष्ठ बालसाहित्यलेखक रामबाबु सुवेदीलाई प्रदान गरिने भएको छ ।
साहित्य सिर्जन, प्राध्यापन र समाजसेवा क्षेत्रका बहुआयामिक व्यक्तित्व प्रेरणापुरुष दैवज्ञराज न्यौपाने (१९९९-२०६८) का योगदानका विभिन्न पक्षको अध्ययन, अनुसन्धान र प्रचारप्रसार गरी विशिष्ट कृति र कीर्तिलाई चिरस्थायी बनाउने

CONTINUE READING

कक्षागत सिकाईको स्तर खस्कँदै

 पछिल्लो समय बालबालिकाको सिकाइको स्तर खस्कँदै गएको पाइएको छ । साना कक्षाको तुलनामा माथिल्ला कक्षामा सिकाइको स्तर कमजोर देखिएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएका हालसम्मका अधिकांश अध्ययन प्रतिवेदनले तल्ला कक्षाका तुलनामा माथिल्ला कक्षाका उपलब्धि झन् कमजोर रहेको देखाएको हो । अध्ययनले विद्यालय तहका विद्यार्थीको समग्र सिकाइ उपलब्धि चिन्ताजनक देखाएको छ ।

CONTINUE READING