वेलायतका प्रधानमन्त्री राजाभन्दा धनी

बेलायतमा हालै प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ऋषि सुनक बेलायतका राजा चार्ल्स तृतीयभन्दा पनि धनी हुनुहुन्छ । प्रधानमन्त्री ऋषि सुनक र उहाँकी श्रीमती अक्षता मूर्तिको सम्पत्ति ८४ करोड डलर छ । यसको मतलब उनीहरुको सम्पत्तिको मूल्य क्यारेबियनमा रहेका १६ वटा निजी टापुको मूल्य बराबर हो ।
बेलायतका राजा चार्ल्सको सम्पत्ति पनि सुनकको भन्दा कम छ भनिन्छ । त्यसैले सुनकलाई राजाभन्दा धनी प्रधानमन्त्री भनिन्छ ।

CONTINUE READING

महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय उद्घाटन

महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूर्ण १० वर्ष बिताएको काठमाडौं महानगरपालिका–३० मैतीदेवीस्थित कविकुञ्ज सङ्ग्रहालयमा परिणत भएको छ । करिब एक रोपनी एक दाम जग्गासहितको चार तले घर निर्माण गरी नेपाल प्रज्ञा प्रतिष्ठानले कविकुञ्जलाई सङ्ग्रहालयका रूपमा स्थापित गरेको हो ।
महाकवि देवकोटाको जीर्ण भइसकेको घर भत्काएर पुरानै स्वरूपमा भवन बनाएर सङ्ग्रहालय बनाइएको हो । निर्माण लागत सात करोड ११ लाख रुपैयाँ लागेको प्रतिष्ठानले जनाएको छ ।

CONTINUE READING

५८ औं राष्ट्रिय बाल दिवसको नारा तय

सरकारले ५८ औं राष्ट्रिय बाल दिवसको नारा ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी समाज’ तय गरेको छ । वर्षेनी भदौ २९ गते मनाइँदै आएको बाल दिवसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालमैत्री अवधाराणालाई महत्व दिँदै सो नारा तय गरेको महिला विकास अधिकृत कमला दाहालले जानकारी दिनुभयो ।

CONTINUE READING

नेशनल प्याब्सन भक्तपुरमा बालकथा लेखन प्रतियोगिता सम्पन्न  

/ नेशनल प्याव्सन भक्तपुरले बालकथा लेखन प्रतियोगिता सम्पन्न गरेको छ । आधारभूत तह कक्षा ६ देखि ८ का विद्यार्थीहरुको लागि भाद्र ८ र ९ गते २ दिन बालकथा लेखनको प्रशिक्षण गरी भाद्र ९ गते बालकथा लेखन प्रतियोगिता आयोजना गरिएको थियो ।
बालकथा प्रतियोगितामा मदरल्याण्ड स्कुलकी सरिना लामा प्रथम, ग्लीटर फ्युचर स्कुलकी जीविका सिटिखू द्धितीय, पारागन एकेडेमी स्कुलका आयाम श्रेष्ठ तृतीय र साइनिगं स्कुलका अजित नेपाल सान्त्वना स्थान प्राप्त गर्नु भएको थियो ।

CONTINUE READING

भक्तपुरमा स्रष्टा सम्मान कार्यक्रम

क्वालिटी अंग्रेजी स्कुलमा भक्तपुरमा ‘विद्यालयका बालबालिकासँग लेखक’ भेटघाट तथा स्रष्टा सम्मान कार्यक्रम हिजाे साेमवार सम्पन्न भएको छ ।
विद्यालयका प्रिन्सिपल जी.बी. खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘सम्पदा दर्शन’ बालनियात्रा कृतिका लेखक सुशीला देउजालाई सम्मान गरिएको छ ।
क्वालिटी अंग्रेजी स्कुलको कक्षा ९ र १० मा यस वर्षबाट पढाई हुँदै आएको ‘सम्पदा दर्शन’ कृतिका लेखकलाई प्रत्यक्ष भेटघाट गरी छलफल गर्नपाउँदा विद्यार्थीहरु उत्साहित हुनुभएकाे थियाे ।

CONTINUE READING

बाल व्यवसायी स्कुलमा स्रष्टा सम्मान तथा पाठक क्लबको उद्घाटन

बाल व्यवसायी केन्द्र मावि, कालोपुल, सिफलका विद्यार्थी बालबालिकासँग लेखक भेटघाट तथा स्रष्टा सम्मान कार्यक्रम तथा पाठक समीक्षक क्लब उद्घाटन कार्यक्रम सम्पन्न भयो ।
विद्यालयका प्राचार्य श्यामप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘सम्पदा दर्शन’ बालनियात्रा कृतिका लेखक सुशीला देउजालाई सम्मान गरिएको छ । विद्यालयमा अध्ययनरत बालबालिकाहरुमा पठन संस्कृतिको विकासका लागि समर्पित पाठक समीक्षक क्लबमा ४० जना बालबालिकाहरु रहनुभएको छ ।

CONTINUE READING

अनाथ असहाय बालबालिकालाई निःशुल्क शिक्षा

व्यास नगरपालिकाले निःशुल्क शिक्षा दिन व्यास नगरपालिका–७ सेराटारस्थित क्यामिन कोट प्राथामिक विद्यालयमा ‘व्यास नगर समता विद्यालय’ सञ्चालन गर्ने भएको छ । नगरपालिकाभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घर परिवारका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय सञ्चालन गर्न लागिएको बताइएकाे छ ।

CONTINUE READING

चीनको साङ्घाईमा सिनेमा घरहरु खुल्दै

कोभिड  महामारीको नियन्त्रणका लागि करिब चार महिनादेखि बन्द रहेका साङ्घाईका चलचित्र हलहरू शुक्रबारदेखि पुनः सञ्चालनमा आएका छन् । शाङ्घाईको चलचित्र विभागले जारी गरेको विज्ञप्ति अनुसार हाल चलचित्र हललाई बढीमा ५० प्रतिशत क्षमतामा दर्शक राखेर चलचित्र प्रदर्शन गर्न दिइएको छ भने दर्शकहरूले हलमा रहँदा सामाजिक दूरी कायम गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

CONTINUE READING

मङ्कीपक्सको विश्वव्यापी स्वास्थ्य प्रकोप

विश्व स्वास्थ्य सञ्जालले मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप विश्वव्यापी स्वास्थ्य समस्या बनेको जनाउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । कोभिड–१९ को जोखिम विरुद्ध गठन भएको स्वास्थ्य वैज्ञानिकहरूको गठबन्धनले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी चिन्ताको विषय भएको बताउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको हो । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले ३२ देशमा मङ्कीपक्सका जीवाणु फैलिएका कारण अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपतकालीन समितिको बैठक बसेको केही दिनपछि विश्व स्वास्थ्य संजालले स्वास्थ्य आपतकाल घोषणा गरेको अधिकारीहरूले बताएका छन् ।

CONTINUE READING

पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरियाे

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाकी ५३ वर्षीया महिलामा बिहीबार उहाँका श्रीमानको मिर्गौला प्रत्यारोपण गरिएको हो । विशेषज्ञ चिकित्सक टोलीले चार घण्टा लगाएर प्रत्यारोपण गरेका थिए । अस्पतालले दुवै जनाको नाम गोप्य राखेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रतिष्ठानको सहकार्यमा पहिलो पटक प्रत्यारोपण सम्पन्न भएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा.भरतबहादुर खत्रीले बताउनुभयो ।

CONTINUE READING