उत्कृष्ट दुई खेलाडीलाई ओलम्पिक अवार्ड
नेपाल ओलम्पिक कमिटीले पहिलोपटक उत्कृष्ट पुरुष तथा महिला खेलाडीलाई पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुने उत्कृष्ट पुरुष खेलाडी ब्याडमिन्टनका प्रिन्स दाहाल र उत्कृष्ट महिला खेलाडी पौडीकी गौरिका सिंह रहेका छन् । उनीहरुलाई एनओसी अवार्ड २०२२ बाट सम्मानित गरिएको हो ।
ओलम्पिक दिवसका अवसरमा सो अवार्ड कार्यक्रम गरिएको हो । पछिल्लो तीन वर्षमा नेपाली खेलकुदमा पुर्याएको योगदानका लागि उनीहरूलाई अवार्ड प्रदान गरिएको हो । गौरिका हाल बेलायतमा रहेकाले कार्यक्रममा उपस्थित भइनन् ।

