ईप्सन वादविवादमा क्वालिटी र युनिटी विजयी
एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल (ईप्सन भक्तपुर) को दोस्रो प्रतियोगितात्मक कार्यक्रम वादविवाद प्रतियोगिता आज २०८२ श्रावण २२ गते विहीवारका दिन सदस्य विद्यालय ईडेन ईङ्ग्लिस स्कुलको आयोजनामा सम्पन्न भयो । छात्रहरुका लागि ‘शिक्षाको उदेश्य अंक होइन, व्यवहारिक ज्ञान हुनुपर्दछ’ तथा छात्राहरुका लागि ‘विद्यार्थीलाई संजाय होइन, प्रोत्साहन आवश्यक छ’ भन्ने बिषयमा सदस्य विद्यालयका कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराईएको वादविवाद कार्यक्रममा साहित्यकार चन्द्र प्रसाद न्यौपाने तथा कवि जीवनाथ अधिकारीद्वयले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो।
CONTINUE READING
