नेदरल्याण्डमा कडा लकडाउन

नेदरल्याण्डमा ओमिक्रोन भेरियन्टको जोखिम क्रिसमसको समयमा अझ बढ्न सक्ने देखिएपछि कडा लकडाउनको घोषणा गरिएको छ । अति आवश्यक वस्तु बाहेकका पसल, बार, जिम, सैलुन लगायतका सार्वजनिक स्थलहरु आगामी जनवरीको मध्य सम्मका लागि पूर्ण रुपमा बन्द गरिएको छ ।

CONTINUE READING

दिल्लीमा कक्षा ६ भन्दा माथिका विद्यालय खुल्ला

भारतको दिल्ली प्रदेशका विद्यालयहरु शनिबारदेखि कक्षा ६ र त्यसभन्दा माथिका कक्षामा भौतिक उपस्थितिमै अध्ययन अध्यापनको कार्य शुरु भएको छ । वायु प्रदूषणका कारण झण्डै एक महिनादेखि बन्द भएका विद्यालयहरु अहिले भौतिक उपस्थितिमै पढाइ सुरु भएको हो ।

CONTINUE READING

६७ देशका नागरिकलाई नेपालमा होटेल क्वारेन्टिन स्थगित

काठमाडौँ, पुस ३/ कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरेको छ ।
शनिबार बिहान एक सूचना प्रकाशित गर्दै विभागले शुक्रबार प्रकाशित यात्रा प्रतिवन्ध र ७ दिन होटलमा अनिवार्य क्वारेन्टिन सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो।
अध्यागमन विभागले आजै प्रकाशित गरेको यात्रा प्रतिबन्ध (७ दिन अनिवार्य होटेल क्वारेन्टाइन) सम्बन्धी जानकारी अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । यसअघि सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू यथावत रहनेछन्।’

CONTINUE READING

चिसो बढ्यो/ काठमाडौंको तापक्रम ३ डिग्री

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार न्युनतम तापक्रम ३.४ डिग्री रहेकोमा शनिबार बिहानको तापक्रम ३ डिग्री मापन भएको छ ।
काठमाडौंसँगै देशका अन्य ठाउँमा पनि चिसो बढेको छ। शनिबारबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ ।

CONTINUE READING

मोदीलाई सर्वोत्कृष्ट नागरिक पुरस्कार

भूटानले आफ्नो सर्वोच्च नागरिक पुरस्कार, नगाडाग पेल्गी खोर्लो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गरेको छ ।

CONTINUE READING

बुस्टर डोजले ओमिक्रोन संक्रमणबाट ८५ प्रतिशत सुरक्षा प्रदान गर्ने

बुस्टर खोपले ओमिक्रोन संक्रमणबाट हुनसक्ने गम्भीर रोग विरुद्ध ८५ प्रतिशत सुरक्षा प्रदान गर्ने वैज्ञानिक निष्कर्ष/बेलायतमा एक सातामै लगाए साडे ८ लाख भन्दा बढीले बुस्टर खोप ।

CONTINUE READING

पूर्वी पाकिस्तानको शहरी क्षेत्रमा बक्लो धुवाँ र तुवाँलो

वायु प्रदुषणका कारण पूर्वी पाकिस्तानको शहरी क्षेत्रमा बक्लो धुवाँ र तुवालोले ढाकेको छ । व्यापक प्रदुषणका कारण मानिसलाई स्वास प्रस्वासमा समेत समस्या भएको छ ।

CONTINUE READING

भारतमा ओमिक्रोनबाट बच्न अनावश्यक भीडभाड नगर्न र यात्रा नगर्न आग्रह गरिएको छ

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न अनावश्यक भीडभाड नगर्न र यात्रा नगर्न आग्रह गरिएको छ ।
भारतमा ओमिक्रोनको सङ्क्रमण तीव्र रूपमा फैलिएको पाइएको छ । अहिलेसम्म १०१ जनामा ओमिक्रोन भाइरसको सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । यसको सङ्क्रमण थप फैलिन नदिन कोरोना भाइरसबाट बच्ने स्वास्थ्य मापदण्डहरू पालना गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।
भीडभाडमा नजाने, मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने लगायतका कार्य गर्नुपर्ने उनीहरूको भनाइ छ । यात्रा गर्ने, भीडभाड गर्ने बेला अहिले नभएको भन्दै मन्त्रालयले यसमा लापरवाही नगर्न आग्रह गरेको छ ।

CONTINUE READING

२० प्रतिशत घरधुरीले पोषिलो खानेकुरा खान नपाएको एक अध्ययनले देखाएको छ

गरिबीका कारण नेपालमा अझै पनि २० प्रतिशत घरधुरीले पोषिलो खानेकुरा खान नपाएको एक अध्ययनले देखाएको छ ।

CONTINUE READING

थाक पुस्तकालयलाई ‘भूपि पुरस्कार’

धौलागिरी साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको भूपि पुरस्कार मुस्ताङको कोवाङस्थित भूपि स्मृति थाक पुस्तकालयलाई प्रदान गर्ने भएको छ ।

CONTINUE READING