अब बालबालिकालाई विद्यालयमा नै खोप : मन्त्री खतिवडा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाउने बताउनुभएको छ ।
CONTINUE READINGस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाउने बताउनुभएको छ ।
CONTINUE READINGसुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप पाइसकेका छन् । लक्षित उमेर समूहका ५५ प्रतिशतले पहिलो मात्राको खोप पाइसकेका छन् ।
CONTINUE READINGजिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम गर्दैछ । निकट भविष्यमै हुने सबै तहका निर्वाचनलाई लक्षित गर्दै विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।
CONTINUE READINGअमेरिकाको न्युयोर्क शहरमा १ सय ७६ वर्षको इतिहासमा पहिलोपटक प्रहरी बलको नेतृत्व महिलाको हातमा आएको छ । न्युयोर्कका मेयर एरिक एदम्सले ४९ वर्षीया किसान्त सुवललाई प्रहरी प्रमुखका रुपमा हिजो घोषणा गर्नुभएको हो । न्युयोर्ककै नासाउ प्रहरी विभागमा २३ वर्षदेखि महत्वपूर्ण जिम्मेवारीमा कार्यरत किशान्त सन् २०२० मा जासुस प्रहरी प्रमुख हुनुभएको थियो । न्युयोर्कको प्रहरी विभाग […]
CONTINUE READINGबेलायतमा कोरोना महामारी शुरु भएयताकै उच्च संक्रमण/एकै दिनमा थपिए ७८ हजारभन्दा बढी नयाँ संक्रमित/प्रधानमन्त्रीद्धारा सबैलाई बुस्टर खोप लिन आग्रह । बेलायतमा कोरोना महामारी शुरु भएयताकै सबैभन्दा उच्च संक्रमण देखिएको छ । बेलायतमा हिजो एकै दिनमा ७८ हजार ६ सय १० जना नयाँ संक्रमित थपिए । यो संख्या हालसम्मकै उच्च हो । यसअघि गत जनवरी ८ […]
CONTINUE READINGधेरै युरोपेली राष्ट्रहरुले बुधबारदेखि कोभिड–१९ विरुद्ध पाँच देखि ११ वर्षका बालबालिकालाई खोप दिन थालेका छन् । जर्मनी, स्पेन, ग्रीस र हंगेरीले साना बालबालिकालाई कोभिड–१९ विरुद्ध बुधबारदेखि खोप अभियान शुरु गरेका हुन् ।
CONTINUE READINGभक्तपुरको संस्थागत विद्यालयहरुको संगठन इप्सनले राष्ट्रिय गीत गायन प्रतियोगिता आयोजना गरेको छ।
CONTINUE READINGदृष्टिविहीन बालप्रतिभा प्रोसेस पाण्डे मनछुने गीत गाउँछन् । प्रोसेस पाण्डे लेबरोटरी स्कुल, कीर्तिपुर, काठमाडौँमा पढ्छन् । उनी दृष्टिविहीन बालक हुन् । १२ वर्षका प्रोसेस गायनमा विलक्षण प्रतिभा हुन् ।
CONTINUE READINGविश्व स्वास्थ्य संगठनले विश्वका अधिकांश मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पहिले नै पुगिसकेको हुनसक्ने अनुमान गरेको छ । धेरैपटक म्युटेसन भएर बनेको ओमिक्रोन भाइरसबाट संक्रमित हुने मुलुकको संख्या ७७ पुगेको डब्लुएचओले पुष्टि गरेको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आधानोम गेब्रेएससले ओमिक्रोन सम्भवत पहिले नै अरू धेरै देशमा पुगिसकेको बताउनु भयो । जुन अकल्पनीय दरमा फैलिरहेको छ । ओमिक्रोनलाई नजर अन्दाज गरिन्छ भन्नेमा आफू चिन्तित रहेको बताउँदै उच्च सर्तकता अपनाउन डब्लुएचओ प्रमुख टेड्रोसको आग्रह छ ।
पछिल्लो अध्ययनले ओमिक्रोनको जोखिम सोचेभन्दा कम रहेको पाइएको छ । साथै गम्भीर अवस्था ल्याउन सक्ने सम्भावना कम रहेको पाइएको छ । ओमिक्रोन पहिलोपटक गत नोभेम्बर मा दक्षिण अफ्रिकामा फेला परेको थियो । त्यसपछि लगातार रुपमा विभिन्न देशमा फैलिने क्रम जारी छ ।
माल्टाले भाङको उत्पादन र व्यक्तिगत प्रयोगमा वैधानिकता दिएको छ । भाङलाई खेति गर्न र प्रयोग गर्नमा वैधानिकता दिने पहिलो युरोपेली मुलुक माल्टा बनेको हो ।
CONTINUE READING