विद्यालयका छात्रालाई प्याड सहयोग
सर्केगाड गाउँपालिकाले विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ । गाउँपालिकाले देवल आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई प्याड वितरण गरेको हो ।
CONTINUE READINGसर्केगाड गाउँपालिकाले विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ । गाउँपालिकाले देवल आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई प्याड वितरण गरेको हो ।
CONTINUE READINGबेनीघाट रोराङ गाउँपालिकाले जाडोबाट कष्ट भोगिरहेका एक हजार ५०० भन्दा बढी विद्यार्थीलाई कपडा वितरण गरेको छ । कष्टपूर्ण जीवन बाँचिरहेका बालबालिकालाई गाउँपालिकाका अध्यक्षले ट्र्याकसुट, जुत्ता र मोजा उपलब्ध गराउनु भएको हो ।
CONTINUE READINGभाइरसको प्रकृति नै म्युटेसन अर्थात् रुप परिवर्तन गरिरहनु हो । सन् २०१९ को अन्त्यतिर चीनको वुहान शहरमा पहिलो पटक फेला परेको कोरोना भाइरस लाखौं पटक म्युटेसन भएको छ । यसको रुप पटकपटक परिवर्तन भइरहेको छ । पछिल्लो पटक म्युटेसन भएर बनेको ओमिक्रोन भेरयन्ट हो ।
CONTINUE READINGनेपाललगायत दक्षिण एशियाली देशका सरकारहरूले कोभिड महामारी तथा अन्य विपद् बेहोरिरहेका दशौँ लाख बालबालिका र तिनका परिवारका निम्ति तत्काल आधारभूत स्वास्थ्य, शिक्षा एवं सुरक्षात्मक सेवाहरूका निम्ति आफ्ना लगानी विस्तार गर्न बालबालिकासम्बन्धी राष्ट्रसङ्घीय निकाय युनिसेफले आह्वान गरेको छ।
महामारीले यस क्षेत्रका ६० करोड बालबालिकाहरूमा अत्यन्त ज्यादा प्रभाव पारेको युनिसेफले उल्लेख गरेको छ।
बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थाले प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोन आपतकाल नै घोषणा गर्नुभएको छ । ओमिक्रोन संक्रमण रोक्न १८ वर्षभन्दा माथिका सबैलाई यसै सातादेखि बुस्टर डोज खोप लगाइने भएको छ ।
CONTINUE READINGपोखरा महानगरपालिका– १२ स्थित शीतलादेवी सामुदायिक विद्यालयमा २६ गते आइतबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल विद्यालयभित्र प्रवेश गर्नुभयो ।
पोखरा महानगरपालिका– १२ स्थित शीतलादेवी सामुदायिक विद्यालयमा २६ गते आइतबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल विद्यालयभित्र प्रवेश गर्नुभयो । मन्त्री आउने पूर्वजानकारी नभएकाले मन्त्रीको स्वागतको तयारी पनि हुने कुरा पनि भएन । मन्त्री पौडेल विद्यालय प्रवेश गरेर सिधै कक्षाकोठामा प्रवेश गर्नुभयो । माथिल्लो तलामा कक्षा ५ का विद्यार्थीलाई अध्यापन गराउँदै हुनुहुन्थ्यो शिक्षिका प्रिति ढकाल । नौलो व्यक्ति कक्षामा प्रवेश गरे लगत्तै सबै विद्यार्थी आफ्नो स्थानबाट उठे । विद्यार्थी आफ्नो सिटमा बसेपछि शिक्षामन्त्री पौडेलले विद्यालयमा पढाइका विषयमा विद्यार्थीलाई सोध्नुभयो । गृहकार्य गरे/नगरेका बारेमा जिज्ञासा राख्नुभयो । सबैले नियमित गृहकार्य गर्ने गरेको, शिक्षक कक्षा समयमा सधै समयमै उपस्थित हुने गरेको मन्त्री पौडेललाई बताउनुभयो । मन्त्री पौडेल विद्यार्थीलाई राम्रोसँग पढ्न र गुरुले मानेर अनुसाशित हुन आग्रह गर्दै केही समयमै कक्षाकोठाबाट बाहिरिनुभयो । राम्रो अध्ययन गरेर देशको ठूलो मान्छे बन्न उहाँले विद्यार्थीलाई भन्नुभयो ।
पुल तर्दा रु १० शुल्क लाग्छ भन्दा जो कसैलाई अचम्म लाग्न सक्ला तर तनहुँको मादी नदीमाथि बनाइएको पुल तर्दा शुल्क तिर्नुपर्छ ।
CONTINUE READINGकाठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिएको छ ।
CONTINUE READINGराष्ट्रिय एकताको भावना जगाउन काभ्रेका पाँच विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरिएको छ । नेपाली सेनाले बालबालिकामा विद्यालय स्तरबाटै राष्ट्रिय भावना जागृत गर्न, अनुशासन, बफादारिता, इमान्दारिता र नेतृत्व गर्ने बानीको विकास गर्ने उद्देश्यले यस्तो दल गठन गरिएको जनाएको छ ।
CONTINUE READINGकोरोना भाइरसको संक्रमण बढेपछि युरोपेली मुलुक अस्ट्रियाले लगाएको प्रतिबन्धात्मक व्यवस्था र खोप अनिवार्य गरेपछि त्यसको विरोधमा दशौं हजार मानिस प्रदर्शनमा उत्रिएका छन् । अस्ट्रियाको राजधानी भियनामा मात्रै ४४ हजार मानिस विरोध र्यालीमा सहभागी भएका छन् । भियनामा लगातार चौथो हप्ताको प्रदर्शन हो यो । गत महिना खोप लगाएका मानिसलाई पनि लकडाउन गर्ने पहिलो युरोपेली मुलुक […]
CONTINUE READING