बालसाहित्य लेखक कविता पराजुलीले एक लाखको पुस्तक दान गर्नुभयो
केटाकेटी अनलाइन बालपत्रिकाको ‘पुस्तक दान महादान’ अभियानका लागि आदरणीय बालसाहित्य लेखक एवम् समाजसेवी कविता पराजुलीले केटाकेटी अनलाइन बालपत्रिकालाई रु. एक लाखको बालपुस्तक दान गर्नुभएको छ । लेखक पराजुलीले रचना गर्नुभएका उत्कृष्ट ११ बालकथाहरु समावेश रहेको भ्यागुताको योग कृतिको नेपाली र अंग्रेजी संस्करण गरी ३७५ प्रति पुस्तक उहाँँले यस अभियान सफल बनाउनका लागि दान गर्नुभएको छ ।
CONTINUE READING
