शताब्दी पुरुष सत्यमोहन जोशी (कविता): आभा गुरागाई
बखुम्बहाल, ललितपुर जिल्लामा जन्म भएको
सत्यमोहन जोशी उनको नाउँ रहेको ।
इतिहास, साहित्य र संस्कृति नै
उनको मुख्य चिने सरह छाएको ।
CONTINUE READINGबखुम्बहाल, ललितपुर जिल्लामा जन्म भएको
सत्यमोहन जोशी उनको नाउँ रहेको ।
इतिहास, साहित्य र संस्कृति नै
उनको मुख्य चिने सरह छाएको ।
CONTINUE READINGपोखराको साहित्यिक गतिविधिमा सक्रिय रूपमा सहभागिता जनाउनु हुने सरस्वती श्रेष्ठ ‘सरु’ नेपाली साहित्य जगत्को कुनै नौलो नाम होइन । नेपाली साहित्यका कविता, कथा, लघुकथा, गीत, गजल, मुक्तक आदि विधामा उहाँको कलम प्रखर रूपमा दौडेको छ । लामो कपाल, चिटिक्क परेको सानो कद, मायालु स्वभाव भएकी उहाँलाई प्राय म कार्यक्रमहरूमा भेटिरहन्छु । बालसाहित्यमा उहाँले चाल्नुभएको कदम अझ मेरो लागि खुसीको विषय बनेको छ ।
CONTINUE READINGयस पटक हामीले लेखक गोपाल पराजुलीसँग सरिता अर्यालको गर्नुभएको कुराकानी प्रस्तुत गरेका छौँ । नेपाली बालसाहित्यमा जीवनी विधामा कलम चलाउने अग्रज लेखक पराजुलीले दुई सयभन्दा बढी व्यक्तित्वहरुको जीवनी लेख्नुभएको छ । उहाँ जीवनी लेखनमा एक जना सुपरिचित लेखक हुनुहुन्छ ।
CONTINUE READINGयस वर्ष कलिङ्ग महोत्सवमा बालसाहित्य विधातर्फ प्रदान गरिएको नेपाल यशश्वी बुक अवार्डमा छलिङ (छलछाम, धाँधली) भएको सूचना प्राप्त भएको छ । बालसाहित्यको विश्वस्त स्रोतबाट यशस्वी प्रज्ञा प्रतिष्ठानबाट पुस्तक बुझाउन आव्हान गरेको सूचनासहित यस पटकको बालसाहित्य विधामा पुरस्कार वितरणमा धाँधली भएको भन्ने सामाचार स्रोतको दाबी अनुसार केटाकेटी अनलाइनले यस विषयमा अनुसन्धान गर्यो ।
CONTINUE READINGकिशोर लक्षित उपन्यास ‘उज्यालोको रङ’ माथि फिनिक्स स्कुल सानेपामा लेखकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त स्कुलमा अध्ययनरत कक्षा ८ का विद्यार्थी र लेखक जानुका खतिवडाबिच अन्तरक्रिया भएको हो ।
कार्यक्रममा विद्यार्थीहरुले किताबको विषयवस्तु ,पात्र, मनपर्ने अंश, भाषाशैली आदिबारे पठन अनुभव प्रस्तुत गर्नुका साथै आफूहरुले परियोजना कार्यका रुपमा तयार पारेका विभिन्न नमुनाहरु प्रस्तुत गर्नुभएकाे थियाे । लेखक जानुका खतिवडाले विद्यार्थीहरुले राखेका जिज्ञासाको जवाफ दिनुका साथै आफ्नो लेखन अनुभव पनि सुनाउनुभएकाे थियाे ।
रिजेन्ट रेसिडेन्सियल स्कुल, ललितपुर–२३, धापाखेलमा विद्यालयका बालबालिकासँग लेखक(Meet the Author with School Children) कार्यक्रम अन्तर्गत आज अमेरिकी लेखक जुलीसँग भेटघाट कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा अमेरिकी लेखक जुलीको पहिलो प्रकाशित कृति ‘साथी’ बारे चर्चा गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल नवराज सञ्जेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा चर्चित बालनियात्राकृति ‘सम्पदा दर्शन’ का लेखक सुशीला देउजाले विशेष अतिथिका रूपमा बोल्दै ‘सम्पदा दर्शन’ कृतिलाई अत्यन्त मन पराइदिनुभएकोमा पाठकहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
अमेरिकी लेखक जुली र ‘सम्पदा दर्शन’ का लेखक सुशीला देउजाले रिजेन्ट रेसिडेन्सियल स्कुल, ललितपुर–२३, धापाखेलद्धारा प्रकाशित बालसिर्जना पत्रिका ‘चन्द्रमा’ को विमोचन गर्नुभयो । रिजेन्ट स्कुलमा अध्ययनरत बालबालिकाको रचना समेटिएको यस पत्रिकाकाे यस अङ्कमा बालबालिकाद्वारा रचना गरिएका कथाहरू समावेश गरिएका छन् । ‘चन्द्रमा’ पत्रिकाकाे यो पहिलो अङ्कमा अङ्ग्रेजी खण्डमा ३० जना र नेपाली खण्डमा २३ जना गरी ५३ जना बालबालिकाका ५३ कथाहरू समेटिएका छन् ।
CONTINUE READING‘आइतबार विहानै…’, ‘मेरो गाउँ ज्यामिरे, जामुनीको छोरो म…’, ‘हिमालमा हिउँ तराइमा तोरी नेपालका हामी प्यारा छोराछोरी…’ आदि जस्ता चर्चित गीत मैले सानैदेखि सुनेकी थिएँ । ती गीत सुन्दा मेरा मनमा यति मिठा गीत कसले लेख्नुभएको होला भन्ने जिज्ञासा जाग्रित भएको थियो । यति राम्रा गीत रामबाबु सुवेदीले लेख्नुभएको हो भन्ने कुरा मैले अलिपछि मात्र थाहा पाएँ । त्यसपछि उहाँलाई भेट्ने र कुराकानी गर्ने इच्छा जाग्यो । त्यो इच्छा २०८० असार २४ गते आइतबारका दिन पूरा भयो । यही भेटघाटमा मैले रामबाबु सुवेदीसँग मिठा मिठा कुरा गर्न पाएँ । यो वातावरण मिलाइदिनुहुने केटाकेटी अनलाइन बालपत्रिकाका सम्पादक कार्तिकेय घिमिरे र अमूल्य समय तथा ज्ञान दिनुहुने रामबाबु सुवेदीलाई धेरै धेरै धन्यवाद !
CONTINUE READINGआज स्वस्तीश्री गुरुकुल आइबी वल्र्ड स्कुल, सानो भर्याङ, काठमाडौँको प्राङ्गणमा केटाकेटी अनलाइन वर्षका कान्छा चित्रकार पुरस्कार कलाकार आश्रिति श्रेष्ठलाई र केटाकेटी अनलाइन वर्षका उत्कृष्ट बालसाहित्य लेखक पुरस्कार २०२१ सर्जक सुशीला देउजालाई प्रदान गरिएको छ ।
स्वस्तीश्री स्कुलका निर्देशक मीना महर्जनको प्रमुख आतिथ्यितामा सम्पन्न कार्यक्रममा उक्त विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा आश्रिति श्रेष्ठलाई नगद रु पन्ध्र हजार र सम्मान पत्र सहित पुरस्कृत गरिएको थियो ।
विद्यालयको खाजा खाने घण्टी बज्यो । कक्षा चारका बिद्यार्थीहरूलाई गृह–कार्य लेखिदिएर किरण सर कक्षा–कोठाबाट बाहिर निस्कनुभयो ।
CONTINUE READING