सामुदायिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी
सामुदायिक विद्यालयमा अध्ययनसँगै कृषि कर्ममा लगाउने कार्यक्रम प्रभावकारी हुँदै गएको छ । यस्तो कार्यले एकातिर विद्यार्थीमा व्यवहारिक ज्ञान हासिल हुँदै गएको छ भने अर्कोतिर पढाई खर्च पनि आफैं जुटाउन सहज भएको छ । केही पहाडी तथा तराईका जिल्लामा अध्ययन र कृषि कर्मलाई विद्यार्थीले सँगसँगै अघि बढाएका छन् । पाल्पाको रामपुरमा रहेको एक सामुदायिक विद्यालका कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत ५८ जना विद्यार्थीले पढाईसँगै तरकारी खेति गरेर कमाई समेत गरिरहेका छन् ।
CONTINUE READING
