वैशाखमै नयाँ शैक्षिक सत्र सुरु गरिने

सरकारले आगामी शैक्षिक सत्र आगामी बैशाखबाटै सुरु गर्ने तयारी गरेको छ । कोरोना महामारीका कारण लामो समय बन्द रहेका विद्यालय केही समय अघि मात्रै भौतिक उपस्थितिमा पठन पाठन शुरु भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु गरिने र जेठ १ गतेबाट कक्षा सञ्चालन हुने बताउनुभएको हो । काठमाडौंको शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भवन बनाउने पनि बताउनुभयो ।

CONTINUE READING

दुधको मूल्य बढ्यो

दुग्ध विकास संस्थान (डीडीसी) ले दुधको मूल्य बढाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै डीडीसीले प्रतिलिटर दुधको मूल्य रु नौ बढाइएको जनाएको हो । यसअघि दुधको उपभोक्ता मूल्य प्रतिलिटर रु ७६ रहेकोमा शुक्रबारदेखि बढेको मूल्य लागू भएर प्रतिलिटर रु ८५ पुगेको छ । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दुधको मूल्य प्रतिलिटर रु ८५ निर्धारण गर्ने निर्णय गरेको थियो । बोर्डको निर्णयअनुसार डीडीसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ ।
काठमाडौँ उपत्यकासहित विराटनगर, हेटौँडा र जनकपुरमा प्रतिलिटर रु ८५, बुटवल भैरहवामा प्रतिलिटर रु ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर रु ७९ मूल्य कायम हुनेछ ।

CONTINUE READING

‘चेजिङ्ग रेड–बर्ड’ पठन अनुभूति

‘चेजिङ्ग रेड–बर्ड’ शेरोन क्रिचद्वारा रचित एक सुन्दर पुस्तक हो । यो उपन्यास पूर्णरूपमा यस कथाको मूख्य चरित्र नायिकाको साहसिकतामा आधारित छ । जिन्नी टेलर– जसले पुस्तकभरिका सबै घटनाको वर्णन गर्दछिन् । जिन्नी एउटा नाम हो । यो Zinnia शब्दबाट बनाइएको हो । जुन अमेरिकामा पाइने एक प्रकारको फूल रहेछ ।
कथा बाईब्याङ्क्स, केन्टकीको एउटा खेतमा रुमलिएको देखिन्छ ।

CONTINUE READING

बेलायतमा क्यामिलालाई नै रानी बनाउने बेलायती महारानीको भनाइ

बेलायती महारानी एलिजावेथ द्वितीयाले युवराज चाल्र्स राजा बनेपछि उहाँकी पत्नी क्यामिला नै रानी बन्ने स्पष्ट पार्नु भएको छ । यसै ग्रीष्म ऋतुका लागि तय गरिएको महत्वपूर्ण हिरक जयन्ती समारोहसँगै ‘परिवार, मित्रहरू, छिमेकी र समुदायलाई एकसाथ भेला गर्ने’ आफूले विश्वास लिएको पनि महाराजी एलिजावेथले बताउनुभयो । गद्दी आरोहणको हिरक उत्सवको अवसरमा शनिबार एक सन्देश जारी गर्दै महारानी एलिजावेथले क्यामिलाको पक्षमा धारणा प्रष्ट पार्नु भएको हो ।

CONTINUE READING

सिरियाली जेलमा नाबालक थुनामा राखिएको छ : राष्ट्रसंघ

गत महिना इस्लामिक स्टेट समूहले आक्रमण गरेको सिरियाको उत्तरपूर्वी जेलमा नाबालकलाई थुनामा राखिएको संयुक्त राष्ट्रसंघले आइतबार जानकारी गराएको छ । उनीहरुको अवस्थालाई ‘खतरायुक्त’ भन्दै उनीहरूको सुरक्षा तथा मानवीय स्वतन्त्रताका लागि राष्ट्रसंघले विश्व समुदायसँग आग्रह गरेको छ । संयुक्त रुपमा सेभ द चिल्ड्रेन, ह्युमन राइट्स वाच’ लगायत अन्तर्राष्ट्रिय अधिकार समूहहरूले जेलको अनुगमनपछि जनवरी २० मा ७ सय भन्दा बढी किशोरहरू ग्वयरान जेलमा रहेको यस पहिल्यै बताएका थिए ।

CONTINUE READING

महोत्तरीमा विद्यार्थीलाई मोर्डना खोप लगाउन सुरु गरियाे

कोभिड–१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि महोत्तरीका विद्यार्थीलाई लगाउन सुरु गरिएको छ । सङ्घीय सरकारले यही माघ १५ देखि २० सम्म विद्यार्थी लक्षित सो खोप सबै विद्यालयमा लगाउने बताए पनि जिल्लामा भने आजदेखि सुरु गरिएको हो । स्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक भोला यादवले मौसम प्रतिकूल बन्दा खोप कार्यक्रम ढिलो सुरु भएको जानकारी दिनुभयो । जिल्लाका १५ स्थानीय तहमध्ये पाँच नगरपालिका र तीन गाउँपालिकाका विद्यालयमा अध्ययतरत विद्यार्थीलाई खोप लगाइने छ ।

CONTINUE READING

पनाैतीकाे इन्द्रेश्वर माविका विद्यार्थीलाई पोसाक वितरण

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित इन्द्रेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई सरस्वती पूजाको अवसर पारेर पोसाक (ट्रयाकसुट) वितरण गरिएको छ । सोही विद्यालयबाट २०४५ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीको समूहले सो पोसाक वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम कर्माचार्यका अनुसार २ सय १० विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।

CONTINUE READING

चौरासी पूजाको रकम असहाय विद्यार्थीका लागि खर्च गरिने

पाल्पाको रैनादेवी छहरा–५ मुझुङ्गम स्थित कालिका माध्यमिक विद्यालयमा एक स्थानीयले बुवाको चौरासी पूजाका लागि छुट्याएको रकमले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । मुझुङ्गका नारायण बहादुर रायमाझीले बुबा चित्रबहादुर रायमाझीको चौरासी पूजा नगरी सो वापतको रकम एक लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको विद्यालयले जनाएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका असहाय तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न बुबा र स्वर्गीय आमा बोधकुमारीको नाममा अक्षयकोष स्थापना गर्नुभएको विद्यालयका प्रधानाध्यापक श्रमण अर्घालीले बताउनुभयो ।

CONTINUE READING

खडेरीले तान्जानियामा तीन लाखभन्दा बढी जनावर मरे

पाँच महिना लामो खडेरीका कारण तान्जानियामा घर पालुवा गाई, बाख्रा, भेडा गधासहित तीन लाख छ हजार ३५८ जनावरको मृत्यु भएको पशुपालन तथा मत्स्य पालन मन्त्रालयले जनाएको छ । पशुपालन तथा मत्स्य पालन मन्त्री माशिम्बा एनडिकीले जनवरीमा मन्त्रालयका विशेषज्ञहरूले गरेको आँकलन अनुसार लामो सुक्खाको कारण पानी र चरनको अभावले गर्दा सेप्टेम्बर २०२१ देखि जनवरी २०२२ अन्त्यसम्ममा ती जनावरहरू मरेको जनाइएको छ ।

CONTINUE READING

मौसम बदलीसँगै उपत्यकासहित मुलुकभर वर्षा र हिमपात

पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका सहित मुलुकभर हल्का वर्षा भइरहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षासँगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । यसै क्रममा बिहीबार रातीदेखि काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरी लगायतका डाँडामा हिउँ परेको छ ।

CONTINUE READING