मौसम बदलीसँगै उपत्यकासहित मुलुकभर वर्षा र हिमपात
पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका सहित मुलुकभर हल्का वर्षा भइरहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षासँगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । यसै क्रममा बिहीबार रातीदेखि काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरी लगायतका डाँडामा हिउँ परेको छ ।
CONTINUE READING
