ई–सिगरेट र हुक्काको परिचय र यसले गर्ने असरहरू
ई–सिगरेट (e–cigarette) अर्थात ईलेक्ट्रोनिक सिगरेट (electronic cigarette) ब्याट्रीबाट चल्ने
एक प्रकारको धुम्रपान गर्ने उपकरण हो । यसलाई Electronic nicotine delivery systems वा Electronic non–nicotine delivery systems पनि भनिन्छ । प्रायजसो ई–सिगरेटमा निकोटिन हुन्छ । ई–सिगरेट सेवन गर्ने क्रममा यसभित्र राखिएको तरल पदार्थ तातिन्छ अनि धुवाँको रूपमा बाफ (ऐरोसोल) निस्कन्छ र यसैलाई धुम्रपान सेवनकर्ताले सेवन गर्छन् ।

