आज बालअधिकार, बालदिवस, बालमन्दिर र मुमा रत्नको कुरा गरौँ
भाइबहिनीहरु, तर नेपालमा गणतन्त्र स्थापना हुनुअघि भाद्र ४ गते राष्ट्रिय बाल दिवस मनाउने गरिन्थ्यो । तात्कालीन् मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह भारत लगायत अन्य विश्वका देशहरुको भ्रमणमा जानुभएको अवसरमा उहाँले ती देशका सरकारको तर्फबाट बालबालिकाका लागि धेरै काम भइरहेको देख्नुभयो । यही कुराबाट प्रभावित भएर उहाँले नेपाल फर्किएपछि नेपालमा असहाय बालबालिकालाई सहयोग गर्न नेपाल बाल संगठन नामक बालहितकारी संस्थाको स्थापना गर्नुभयो । नेपाल बाल संगठन बालमन्दिरको नामले चिनिन्छ । यो संस्थाले अनाथ र असहाय बालबालबालिकाको सेवा र संरक्षणका लागि लामो समयदेखि काम गर्दै आएको छ । यसरी विक्रम सम्बत् २०२१ सालमा त्यतिबेलाकी मुमा बडा महारानी रत्नको संरक्षकत्वमा बालमन्दिरको स्थापना भएपछि मुमा बडा महारानी रत्नकै जन्मदिन भाद्र ४ गतेलाई नेपालमा बालदिवसको रुपमा मनाउन सुरु गरिएको हो ।
CONTINUE READING
