आज विश्व ब्रेल दिवस

आज विश्व ब्रेल दिवस, आज संसारभरिका आँखा नदेख्ने मानिसहरुलाई पढ्न र लेख्न सक्षम बनाउने वैज्ञानिक लुइस ब्रेलको जन्मदिन पनि हो । यही अवसरमा आज संसारभरि ब्रेल दिवस मनाइन्छ । फ्रान्सका नागरिक लुइस आफैँ दृष्टिविहीन थिए । त्यही कारण उनी पढ्न र लेख्न सक्दैनथे । हरेक वर्ष जनवरी ४ लाई विश्व ब्रेल दिवसको रुपमा मनाइन्छ ।
लुइस ब्रेलले १५ वर्षको उमेरमा नि ब्रेललिपिको खोज गरेका थिए । उनको सम्मानमा २०१९ मा संयुक्त राष्ट्र महासभाले विश्व ब्रेलदिवस अनुमोदन गरेको थियो । तसर्थ प्रथम ब्रेल दिवस ४ जनवरी २०१९ मा मनाइएको थियो ।

CONTINUE READING

अफगानिस्तानमा सबैभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

अफगानिस्तानमा सन् २००५ यता सबैभन्दा बढी बालबालिकाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल कोष युनिसेफले जारी गरेको अभिलेखले सो कुरा पुष्टि गरेको हो ।

CONTINUE READING

सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल

रत्ननगर नगरपालिका–३ ले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरेको छ । सो वडाभित्र रहेको बेल्सी आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको हो ।

CONTINUE READING

लियोनन मेसीलाई कोरोना

विश्व चर्चित फुटबल खेलाडी लियोनल मेसीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उहाँ अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बस्नुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

CONTINUE READING

साहित्य अकादमी बालसाहित्य सम्मान २०२१

भारत सरकारले प्रदान गर्ने विशिष्ट सम्मान साहित्य अकादमी बालसाहित्य सम्मान पाउने लेखकहरुको नाम घोषणा गरेको छ । यो सम्मान बालसाहित्य लेखनमा विशिष्ट सिर्जना गर्ने लेखकलाई हरेक वर्ष प्रदान गर्ने गरिन्छ । भारतको राष्ट्रभाषा हिन्दी लगायत अन्य प्रान्तका राष्ट्रिय भाषाका लेखकहरुलाई पनि फरक फरक भाषामा उत्कृष्ट बालसाहित्य सिर्जनाका लागि यो सम्मान प्रदान गर्ने गरिन्छ ।

CONTINUE READING

जलपन्छी गन्ने काम सुरु भयो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा शनिबारदेखि जलपन्छी गन्ने काम सुरु गरिएको छ । निकुञ्ज भित्रका र बाह्य क्षेत्रका तालतलैया तथा नदीमा जलपन्छी गन्ने काम सुरु गरिएको हो । गन्ने काम अगामी माघ २ गतेसम्म जारी रहने छ ।

CONTINUE READING

हुम्लाका ९० प्रतिशत बालबालिकाले कोरोना विरुद्धको खोप लगाए

उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई खोप लगाउने काम सम्पन्न गरेको हुन् ।

CONTINUE READING

कोभिड बीच नयाँ वर्ष २०२२

अघिल्लो वर्ष जस्तै यस वर्ष पनि कोरोना भाइरसको महामारीकै बीच नयाँ वर्ष २०२२ शुरु भएको छ । नयाँ वर्षमा महामारी अन्त्य हुने र ढुक्क भएर नयाँ वर्षको रमाइलो गर्ने विश्वभरको चाहना यस वर्ष पनि पूरा हुन सकेन ।

CONTINUE READING

आज टोपी दिवस

जागरुक युवा अभियान नेपालले यस वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाएको छ । सो अभियानले गत नौ वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षको जनवरी १ का दिन यो दिवस मनाउँदै आएको अभियानका संयोजक घनश्याम श्रेष्ठले बताउनुभयो ।

CONTINUE READING

रुकुमका ६ हजार बालबालिकालाई खोप

रुकुम पूर्वमा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाएका हुन् ।

CONTINUE READING