माघी पर्व

थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ मनाउने गरेका छन् । स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर थारु समुदायका मानिसले माघी पर्व मनाउँदै आएका छन् । यो पर्वलाई ठाउँ अनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायमा छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन् ।  

CONTINUE READING

आज माघे संक्रान्ती पर्व

आज माघे संक्रान्ती पर्व मनाइँदै छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन भएकाले यसलाई मकर संक्रन्ती पनि भनिन्छ । माघ १ गतेदेखि सूर्य उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।

CONTINUE READING

नर्वेमा ५ वर्ष माथिका बालबालिकालाई खोप

नर्वेमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरूद्धको खोप लगाइने भएको छ । सरकारी अधिकारीले नै सो उमेर समूहका बालबालिकालाई खोप लगाउन सिफारिस गरेका हुन् ।  नर्वेमा यसअघि १२ देखि १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप लगाइदै आएको अधिकारीले जानकारी दिएका छन् । उनीहरूले अहिले खोपको पहिलो मात्रा लगाएका छन् भने अभिभावकले चाहेमा उनीहरुलाई दोस्रो मात्रा खोप पनि लगाउन सकिने अधिकारीको भनाइ छ ।

CONTINUE READING

अमेरिकामा कोरोना खोप अनिवार्यको विपक्षमा फैसला

अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति जो बाइडनले जारी गर्नुभएको ठूला कम्पनीमा काम गर्ने कर्मचारीलाई अनिवार्य रुपमा कोरोना विरुद्धको खोप लगाउनु पर्ने अथवा साप्ताहिक रुपमा कोभिड परीक्षण गर्नुपर्ने नियमको विपक्षमा फैसला गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरूले बाइडन प्रशासनले जनादेशको अधिकारलाई नाघेको बताएका हुन् ।

CONTINUE READING

मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणका लागि टोली खटाइयो

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र नियन्त्रणका लागि काम थालेको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले विनयी त्रिवेणी क्षेत्रमा निकुञ्जबाट तीन हात्तीसहितको टोली परिचालन गरिएको बताउनुभयो ।

CONTINUE READING

‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम

भक्तपुरको सूर्यविनायक नगरपालिकाको एक विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप कार्यक्रम’ सुरु गरेको छ । सूर्यविनायक–८ सिपाडोलको गणेश माध्यमिक विद्यालयले सो कार्यक्रम लागू गरेको हो । कार्यक्रम अनुसार विद्यालयका शिक्षकले ल्यापटप पाएका छन् । विद्यालयका प्रधानाध्यापक रवीन्द्रकुमार थापाले विद्यालयका २० शिक्षकलाई ल्यापटप वितरण गरिएको जानकारी दिनुभयो । उहाँले अहिलेको समयअनुसार पठनपाठन गराउन र शिक्षण सिकाइलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै शिक्षकलाई सूचना प्रविधिमैत्री बनाउन सहयोग गर्न ल्यापटप वितरण गरिएको जानकारी दिनुभयो ।

CONTINUE READING

यस वर्ष गोरु जुधाउने प्रतियोगिता नहुने

नुवाकोट जिल्लाका विभिन्न स्थानमा हरेक वर्ष माघ १ गते सञ्चालन गरिँदै आइएको गोरु जुधाउने मेला यस वर्ष नहुने भएको छ । कोभिड–१९ को जोखिम वृद्धि हुँदै गएसँगै रोग नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएसँगै ऐतिहासिक महत्व तथा वर्षौँदेखि सञ्चालन गरिँदै आएको गोरु जुधाउने प्रतियोगिता यस वर्ष नहुने भएको हो ।

CONTINUE READING

बुस्टर डोज खोप पनि घातक

कोभिड-१९ विरुद्ध दिइने लगातारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली संघ अन्तर्गतको स्वास्थ्य सम्बन्धी नियामक निकायले चेतावनी दिएको छ । हरेक चार महिनामा बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउने युरोपेली मेडिकल नियामक निकायले जनाएको छ । लामो समयको अन्तरमा मात्रै बुस्टर डोज दिन विज्ञहरुले सुझाव दिएका छन् ।
ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या बढेपछि विभिन्न देशहरूले दोस्रो बुस्टर डोज दिने तयारी गरिरहेकै बेला युरोपेली युनियनको सुझाव सार्वजनिक भएको हो । यसै महिनाको सुरुमा इजरायलले ६० वर्षमाथिका बृद्धबद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेको छ । बेलायतले पनि कोभिड-१९ बाट नागरिकको रक्षा गर्न दोसो बुस्टर डोज दिने तयारी गरेको छ ।

CONTINUE READING

विश्वमै बढ्यो कोरोना

विश्वभरि नै कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढेको छ । अमेरिका, युरोप र एसियाली मुलुकमा संक्रमण दर उच्च छ । अमेरिकामा पछिल्लो २४ घन्टामा मात्रै ७ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । कोरोनाका कारण हुने मृत्युदर पनि विश्वमै अमेरिका नै उच्च रहेको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा मात्रै २ हजारभन्दा बढी मानिसको मृत्यु भयो । यसै गरी अमेरिकापछि बढी प्रभावित मुलुक फ्रान्स रहेको छ । फ्रान्समा हिजो एकै दिनमा संक्रमित हुनेको संख्या ३ लाख ६१ हजारभन्दा बढी छ । युरोपमा बेलायत, इटाली, स्पेन र जर्मनीमा पनि संक्रमण दर उच्च गतिमा बढेको छ । इटाली र स्पेनमा दैनिक संक्रमण दर २ लाख नजिक पुगेको छ ।

CONTINUE READING

ओमिक्रोन खतरनाक नरहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाई

मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समय फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् । अधिकारीहरुले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यस अघिको डेल्टा भेरियन्ट भन्दा कम खतरनाक भएको पाइएको बताएका हुन् । उनीहरुले यो भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन् । मेक्सिकोमा गरिएको परीक्षणका आधारमा यस्तो अवस्था पाइएको मेक्सिकोको स्वास्थ्य विभागका उपप्रमुख ह्युगो लोपेजले जनाएका हुन् । मेक्सिकोमा पनि पछिल्ला केही हप्तामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट द्रूत गतिमा फैलिएको छ ।

CONTINUE READING