प्रतिभाशाली बालकवि विभूतिको ‘अर्जुनदृष्टि’ विमोचित  

नवसर्जक साहित्य चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष एवम् प्रतिभाशाली बालकवि विभूति अधिकारीको ‘अर्जुनदृष्टि’ नामक कविता सङ्ग्रह एक विशेष समारोहका बिच विमोचन भएको छ । याे बालकवि अधिकारीको दाेस्राे किताब हाे ।
नेपाली छन्द कविताको प्रवर्धनकाे अभियानमा लागिरहेको संस्था छन्द तरङ्गद्वारा आयोजित कार्यक्रम नवसर्जक साहित्य चौतारी नेपाल, ऐरावती प्रकाशन र एम्बिसन एकेडेमीकाे सहकार्यमा पद्मोदय माध्यमिक विद्यालय, काठमाडौँको सभाहलमा सम्पन्न भएको थियाे ।

CONTINUE READING

क्वालिटी स्कुलको २५ औं स्थापना दिवसमा ‘पढाउनलाई पढौं’ कार्यक्रम

क्वालिटी इङ्गलिस सेकेन्डरी स्कुल, चाँगुनारायण–६, नगरकोट फेदी, भक्तपुरले आफ्नो २५ औं स्थापना दिवस अभिभावक, विद्यार्थी र शिक्षककेन्द्रित गतिविधिहरू सञ्चालन गरेर मनाउँदै आएको छ । सोही क्रममा मिति २०८० श्रावण ५ गते, शुक्रबारका दिन ‘पढाउनलाई पढौं’ र हस्तलेखन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा शिक्षणरत सम्पूर्ण शिक्षकहरूको प्रभावकारी शिक्षण हेतू आयोजित उक्त कार्यक्रमहरू नगरकोटस्थित होटल हिमालयन ग्लासियरको सभाहलमा सम्पन्न भएको थियो ।

CONTINUE READING

११ वर्षकी बालकलाकारले एक करोड दान गर्नुभयो

दक्षिण भारतीय सिनेमाका सुपर स्टार नायक महेशबाबुकी छोरी सीताराले आफ्नो ११ औं जन्मदिनका अवसरमा वेसहारा मानिसहरुलाई सहयोग गर्न एक करोड रुपियाँ दान गर्नु भएको छ ।
मूलत दक्षिण भारतमा अत्यन्त लोकप्रिय यी बाल कलाकार हालसालै एउटा प्रसिद्ध ज्वेलरी कम्पनीको सद्भावना दूत समेत बन्नुभएको छ ।

CONTINUE READING

नवसर्जककाे १३ ओैँ मासिक शृङ्खला सम्पन्न

नवसर्जक साहित्य चाैतारी नेपालकाे आयाेजनामा १३ ओैँ नवसर्जक मासिक शृङ्खला भर्चुअल माध्यमबाट सम्पन्न भएकाे छ । चाैतारीकी अध्यक्ष प्रसन्ना चाैलागाईकाे अध्यक्षता एवम् अग्रज साहित्यकार नरनाथ लुइँटेलकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चाैतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गाैतम, सल्लाहकार डिबी बर्ताैला, संस्थापक उपाध्यक्ष कृतिका लाैडारीकाे आतिथ्य रहेकाे थियाे ।

CONTINUE READING

नानीका कविको जन्मजयन्तीमा रामबाबु सुवेदी पुरस्कृत

भाइबहिनीहरु, नानीका कवि कृष्णप्रसाद पराजुलीको स्मृतिमा स्थापित ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ आज एक विशेष समारोहबिच चर्चित बालसाहित्य लेखक रामबाबु सुवेदीलाई प्रदान गरिएको छ ।
कमलादी, काठमाडौँमा रहेको युनिग्लोब विद्यालयमा आयोजित आजको कार्यक्रममा समारोहका प्रमुख अतिथि वरिष्ठ लेखक एवम् वातावरणविद् डा. तीर्थबहादुर श्रेष्ठले १० हजार नगद र प्रमाणपत्रसहित कवि सुवेदीलाई पुरस्कार अर्पण गर्नुभयो ।

CONTINUE READING

एसइइ परीक्षामा ग्रिनफिल्डको उत्कृष्ट नतिजा

गुणस्तरीय, वैज्ञानिक, व्यवहारिक र समयसापेक्ष शिक्षा प्रदान गर्दै आएको अग्रणी शैक्षिक संस्था संस्था ग्रिनफिल्ड नेशनल सेकेण्डरी स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पनि विगतको उत्कृष्ट नतिजाको इतिहासलाई निरन्तरता दिएको छ ।
ग्रिनफिल्डबाट शैक्षिक सत्र २०७९ को एसइई परीक्षामा सहभागी ८३ .विद्यार्थीमध्ये ३.९५ जीपीएसहित आकृति पराजुलीले सर्वोत्कृष्ट स्थान ल्याएकी छन् । जेनिशा महर्जन, श्वेता पाख्रिन, प्रनिती बराल, रिदम बुढाथोकी र रुबिना शाक्यसहित ५ जना विद्यार्थीले ३.९० जीपीए हासिल गरेका छन्।

CONTINUE READING

विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बालसाहित्यको अवस्था विषयक गोष्ठी सम्पन्न

नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजद्वारा संयुक्त रूपमा आज यहाँ आयोजित विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बालसाहित्यको अवस्था विषयक गोष्ठीमा पाठ्यपुस्तकको लेखन र सम्पादन, रचना छनोट प्रक्रिया, बालसाहित्यको समावेश लगायतका विषयमा छलफल र अन्तरक्रिया भयो ।

CONTINUE READING

ब्राइट फ्युचर माविका विद्यार्थीलाई अन्तर्राष्ट्रिय पुरस्कार

मेक्सिकोमा आयाेजना भइरहेको आईएसएफ वर्ल्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा चन्द्रागिरि नगरपालिका- १४ नैकापस्थित ब्राइट फ्युचर माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी उज्ज्वल वाग्लेले पुरुष ६८ केजीमाथि तौल समूहमा रजत पदक जित्नुभएकाे छ ।
इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडरेसन (आईएसएफ) को आयोजनामा १८ जुनदेखी मेक्सिकोमा आयाेजना भइरहेको यस अन्तर्राष्ट्रिय प्रतियोगिता जुन २६ सम्म सञ्चालन हुनेछ ।

CONTINUE READING

अमेजनलाई ३ करोड अमेरिकी डलर जरिवाना

बहुराष्ट्रिय कम्पनी अमेजनले बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोपमा ३ करोड अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ । अमेजनले बजारमा ल्याएको आवाज सहितको क्यामरा जडित ढोकामा राख्ने घन्टी एलेक्सा र डोरबेलका माध्यमबाट बालबालिकाको गोपनियता उल्लंघन गरेको पुष्टि भएपछि अमेजनलाई जरिवाना तिराइने भएको हो । ढोकामा जडान गरिने एलेक्सा नामक उपकरणमा राखिएको भोइस एसेस्टेन्सका माध्यमबाट गोप्य रुपमा तथ्यांक संकलन गरिएको पाइएको छ ।

CONTINUE READING

जनस्तरबाट प्रदान गरिएकाे बालसाहित्य रत्न उपाधि मलाई स्वीकार छ : शान्तदास

नेपाल बालसाहित्य समाज लगायत विभिन्न ११ वटा संस्थाले नेपाली बालसाहित्यका अग्रज लेखक शान्तदासलाई ‘बालसाहित्य रत्न’ उपाधि प्रदान गरेका छन् । अग्रज लेखक शान्तदासको ९० औं जन्मदिनको अवसर पारेर उक्त उपाधि प्रदान गरिएको हो। संलग्न अन्य संस्थाहरूमा एभरेष्ट इङ्लिस स्कुल भक्तपुर, बालसाहित्य प्रतिष्ठान नेपाल, बालवाङ्मय तथा अनुसन्धान केन्द्र, थिएटर सेन्टर फर चिन्ड्रेन, सिविन- नेपाल, डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय, फ्युचर स्टार इङ्लिस सेकेन्डरी स्कुल काठमाडौं, जुगल स्कुल ललितपुर, किताब चरो र कथावाचक समाज रहेका थिए।

CONTINUE READING