एसइइ परीक्षामा ग्रिनफिल्डको उत्कृष्ट नतिजा

Featured Highlights राष्ट्रिय विद्यालय समाचार समाचार

३.९५ जिपीए सहित पराजुली प्रथम, ५ जनाले पाए ३.९० जीपीए, २२ ए प्लस सहित सतप्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ । गुणस्तरीय, वैज्ञानिक, व्यवहारिक र समयसापेक्ष शिक्षा प्रदान गर्दै आएको अग्रणी शैक्षिक संस्था ग्रिनफिल्ड नेशनल सेकेण्डरी स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पनि विगतको उत्कृष्ट नतिजाको इतिहासलाई निरन्तरता दिएको छ । ग्रिनफिल्डबाट शैक्षिक सत्र २०७९ को एसइई परीक्षामा सहभागी ८३ .विद्यार्थीमध्ये ३.९५ जीपीएसहित आकृति पराजुलीले सर्वोत्कृष्ट स्थान ल्याएकी छन् । जेनिशा महर्जन, श्वेता पाख्रिन, प्रनिती बराल, रिदम बुढाथोकी र रुबिना शाक्यसहित ५ जना विद्यार्थीले ३.९० जीपीए हासिल गरेका छन्। त्यस्तै २२जना ए प्लस , ३९ ए ग्रेडसहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण भई उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको प्रिन्सिपल खडक बहादुर बस्नेतले बताउनुभयो । विद्यालयले उत्तीर्ण हार्दिक बधाई ज्ञापन गर्दै उहाँहरुको शैक्षिक उन्नति तथा उज्जवल भविष्यको कामना समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *