भारतमा ओमिक्रोनबाट बच्न अनावश्यक भीडभाड नगर्न र यात्रा नगर्न आग्रह गरिएको छ

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न अनावश्यक भीडभाड नगर्न र यात्रा नगर्न आग्रह गरिएको छ ।
भारतमा ओमिक्रोनको सङ्क्रमण तीव्र रूपमा फैलिएको पाइएको छ । अहिलेसम्म १०१ जनामा ओमिक्रोन भाइरसको सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । यसको सङ्क्रमण थप फैलिन नदिन कोरोना भाइरसबाट बच्ने स्वास्थ्य मापदण्डहरू पालना गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।
भीडभाडमा नजाने, मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने लगायतका कार्य गर्नुपर्ने उनीहरूको भनाइ छ । यात्रा गर्ने, भीडभाड गर्ने बेला अहिले नभएको भन्दै मन्त्रालयले यसमा लापरवाही नगर्न आग्रह गरेको छ ।

CONTINUE READING

पाकिस्तानमा बालबालिकामा कुपोषण

कुपोषणका कारण पाकिस्तानमा १७ लाख सात हजारभन्दा बढी बालबालिकाको पाँच वर्ष पुग्नु अघि नै मृत्यु हुने गरेको छ ।

CONTINUE READING

इयूमा ओमिक्रोनका कारण स्वास्थ्य सङ्कट

युरोपेली सङ्घ (इयू) को स्वास्थ्य निकायले सन् २०२२ को शुरु सम्ममा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट युरोपमा सबैभन्दा प्रभावशाली स्ट्रेन हुने भन्दै चेतावनी दिएको छ ।

CONTINUE READING

अमेरिकामा जोनसन एण्ड जोनसन खोप स्थगित

अमेरिकी विज्ञहरुको प्यानलले कोरोना विरुद्ध प्रयोग हुँदै आएको जोनसन एण्ड जोनसन खोपको सट्टा फाइजर अथवा मोर्डना खोप दिने पक्षमा मतदान गरेका छन् ।

CONTINUE READING

विश्व कोरोना अपडेट

अमेरिका र युरोपेली मुलुकमा कोरोना भाइरसको संक्रमण पछिल्लो समय उच्च गतिमा बढेको छ । अमेरिका, बेलायत, फ्रान्स र जर्मनीमा संक्रमण दर उच्च रहेको छ ।

CONTINUE READING

फाइजरको औषधि ओमिक्रोन विरुद्ध प्रभावकारी

औषधि निर्माण कम्पनी फाइजरले विकास गरेको औषधि कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनविरुद्ध निकै प्रभावकारी देखिएको छ । कम्पनीले यसै साता एक विज्ञप्ति जारी गर्दै कोभिड विरुद्धको खाने औषधिले संक्रमणका कारण मृत्यु हुने तथा अस्पताल भर्ना हुनेको संख्यामा ८९ प्रतिशतले कमी ल्याउने दाबी गरेको छ । कम्पनीले २ हजार २ सय ५० जनामा गरिएको अध्ययनमा यस्तो नतिजा देखिएको जनाएको हो । यसले विश्वव्यापी रूपमा खोप लगाएका वा नलगाएका संक्रमितको जीवन जोगाउन उल्लेखनीय भूमिका निर्वाह गर्नेछ फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बोउर्लाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी औषधि नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) ले सो खाने औषधि सार्वजनिक प्रयोगका लागि अनुमति दिने विषयमा निर्णय लिने अपेक्षा गरिएको छ । यसबारे फाइजरले केही दिनअघि नै एफडीएमा निवेदन दिइसकेको जनाएको छ । अनुमति पाएको खण्डमा यो नै कोभिड–१९ विरुद्ध अमेरिकी निकायले अनुमति दिने पहिलो औषधिको चक्की बन्नेछ ।

CONTINUE READING

न्युयोर्कमा पहिलो महिला प्रहरी प्रमुख

अमेरिकाको न्युयोर्क शहरमा १ सय ७६ वर्षको इतिहासमा पहिलोपटक प्रहरी बलको नेतृत्व महिलाको हातमा आएको छ । न्युयोर्कका मेयर एरिक एदम्सले ४९ वर्षीया किसान्त सुवललाई प्रहरी प्रमुखका रुपमा हिजो घोषणा गर्नुभएको हो । न्युयोर्ककै नासाउ प्रहरी विभागमा २३ वर्षदेखि महत्वपूर्ण जिम्मेवारीमा कार्यरत किशान्त सन् २०२० मा जासुस प्रहरी प्रमुख हुनुभएको थियो । न्युयोर्कको प्रहरी विभाग […]

CONTINUE READING

बेलायतमा हालसम्मकै उच्च संक्रमण

बेलायतमा कोरोना महामारी शुरु भएयताकै उच्च संक्रमण/एकै दिनमा थपिए ७८ हजारभन्दा बढी नयाँ संक्रमित/प्रधानमन्त्रीद्धारा सबैलाई बुस्टर खोप लिन आग्रह । बेलायतमा कोरोना महामारी शुरु भएयताकै सबैभन्दा उच्च संक्रमण देखिएको छ । बेलायतमा हिजो एकै दिनमा ७८ हजार ६ सय १० जना नयाँ संक्रमित थपिए । यो संख्या हालसम्मकै उच्च हो । यसअघि गत जनवरी ८ […]

CONTINUE READING

युरोप/ बालबालिकालाई कोभिड खोप अभियान सुरु

धेरै युरोपेली राष्ट्रहरुले बुधबारदेखि कोभिड–१९ विरुद्ध पाँच देखि ११ वर्षका बालबालिकालाई खोप दिन थालेका छन् । जर्मनी, स्पेन, ग्रीस र हंगेरीले साना बालबालिकालाई कोभिड–१९ विरुद्ध बुधबारदेखि खोप अभियान शुरु गरेका हुन् ।

CONTINUE READING

कोरोनाको ओमिक्रोन विश्वभर पुगिसकेको हुनसक्ने : डब्लुएचओ

विश्व स्वास्थ्य संगठनले विश्वका अधिकांश मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पहिले नै पुगिसकेको हुनसक्ने अनुमान गरेको छ । धेरैपटक म्युटेसन भएर बनेको ओमिक्रोन भाइरसबाट संक्रमित हुने मुलुकको संख्या ७७ पुगेको डब्लुएचओले पुष्टि गरेको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आधानोम गेब्रेएससले ओमिक्रोन सम्भवत पहिले नै अरू धेरै देशमा पुगिसकेको बताउनु भयो । जुन अकल्पनीय दरमा फैलिरहेको छ । ओमिक्रोनलाई नजर अन्दाज गरिन्छ भन्नेमा आफू चिन्तित रहेको बताउँदै उच्च सर्तकता अपनाउन डब्लुएचओ प्रमुख टेड्रोसको आग्रह छ ।
पछिल्लो अध्ययनले ओमिक्रोनको जोखिम सोचेभन्दा कम रहेको पाइएको छ । साथै गम्भीर अवस्था ल्याउन सक्ने सम्भावना कम रहेको पाइएको छ । ओमिक्रोन पहिलोपटक गत नोभेम्बर मा दक्षिण अफ्रिकामा फेला परेको थियो । त्यसपछि लगातार रुपमा विभिन्न देशमा फैलिने क्रम जारी छ ।

CONTINUE READING