श्रीलंकामा कागज किन्न नसक्दा परीक्षा नै रोकियो
आर्थिक अभावको सामना गरिरहेको श्रीलंकाले कागजको अभाव भएपछि विद्यालयका परीक्षा रद्द गरेको छ । श्रीलंकाले पश्चिमी प्रान्तमा सोमबारबाट सुरु हुने तय भएको परीक्षा कागज खरिद गर्न विदेशी मुद्रा नभएपछि अनिश्चितकालका लागि स्थगित भएको जनाइएको छ ।
श्रीलंकाली शिक्षा विभागले कक्षा ९, १० र ११ को राष्ट्रिय परीक्षा वर्षको अन्तिममा लिँदै आएका थिए । तर, यसपालि प्रश्नपत्र नै छाप्न नसकिने अवस्था आएपछि विद्यार्थीलाई परीक्षा नै नलिई अर्को कक्षामा बढुवा गर्ने तयारी गरिएको छ ।

