सहिद सप्ताह औपचारिकतामा मात्रै
कोरोना प्रभावका कारण यस वर्षको सहिद सप्ताह कार्यक्रम औपचारिक रूपमा मात्र मनाइएको छ । महामारीको प्रभावले यस वर्ष सहिद सप्ताहको दिन माघ १६ गते हुने प्रभातफेरी कार्यक्रम पनि नहुने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार कोभिड–१९ महामारीको तेस्रो लहर नियन्त्रणका लागि यस वर्ष विगतका वर्षमा झैँ सहिद दिवस मनाइने छैन ।

