संक्रमण वृद्धि भएकाले माघ १५ सम्म विद्यालय बन्द

कोभिड-१९ संक्रमण रोकथामका लागि सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र बैठकले देशभरका सवै आधारभूत तथा माध्यामिक विद्यालयहरुलाई आगामी माघ १५ सम्म हिउदे विदा दिन र सवै अभिभावकलाई बालबालिका विद्यालय नपठाउन अनुरोध गरेको हो । यसैगरी बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय पनि गरेको छ ।

CONTINUE READING

आन्तरिक हवाई यात्रामा खोप कार्ड अनिवार्य

कोभिड–१९ महामारीको जोखिमलाई दृष्टिगत गर्दै सरकारले आन्तरिक हवाई उडानका यात्रुलाई अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को हिजो बसेको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाई उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
हवाई उडानका लागि विमानस्थल पुग्ने यात्रुले अनिवार्य खोप कार्ड देखाउनुपर्ने निर्णय भएको सिसिएमसीका प्रवक्ता एवम् सहसचिव सुनिता नेपालले जानकारी दिनुभयो । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाउन पनि सिसिएमसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ ।

CONTINUE READING

कालीञ्चोकमा हिउँ खेल्नेको भीड

केही समय अगाडि कालीञ्चोकसहित आसपासमा बाक्लो हिमपातका कारण यहाँ आउने आगन्तुकको सङ्ख्यामा वृद्धि भएको छ । सोही कारण कुरी बजारले पर्यटक धान्नै सकेको छैन । हिउँ खेल्न साथै अग्लो पहाडमा उभिएकी कालीञ्चोक भगवतीको दर्शन गर्न आउने पर्यटक बाक्लिएका छन् । कालीञ्चोक कुरी बजारमा रहेको डिकी होटेलका सञ्चालक राम तामाङका अनुसार हिमपात अघिभन्दा हिमपातपछि पर्यटकको चाप धेरै हुने गरेको छ ।

CONTINUE READING

नयाँ चरा भेटियो

यस वर्षको जलपन्छी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा दुई प्रजातिका नयाँ चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पन्छी गणना संयोजक डीबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा कालोटाउके गङ्गाचिल र ग्रेटर हवाइट फन्टेड गुज नामक चरा भेटिएको जानकारी दिनुभयो ।
साइबेरियालगायत उत्तरी गोलाद्र्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा धेरै सङ्ख्यामा खोया हाँस देखिएका छन् ।

CONTINUE READING

हुम्लामा चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमे

हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यस वर्षकै ठूलो हिमपात भयो । घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन् ।” अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएका छन् । निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो ।

CONTINUE READING

रुकुममा हिमपातले काम रोकियो

रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–१ मा पाखा ओराली लघुजलविद्युत् आयोजनाको काम रोकिएको छ । हिमपातका कारण उक्त लघुजलविद्युत् आयोजनाको काम रोकिएको हो । यही माघसम्म काम सम्पन्न गरिसक्नुपर्ने उक्त विद्युत् आयोजनाको काम हिमपातका कारण धकेलिने भएको छ ।

CONTINUE READING

सुदूरपश्चिममा कोरोना जोखिम बढ्दै

भारतबाट नेपाल भित्रिने नागरिकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुन थालेपछि सुदूरपश्चिम प्रदेशमा कोरोनाको जोखिम थप बढेको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीव्र रुपमा फैलिएसँगै त्यसको जोखिम सुदूरपश्चिम प्रदेशमा पनि बढेको छ । विद्यालयमा सामाजिक दूरी कायम राख्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने विषयमा त्यति चासो राखिएको देखिँदैन । धेरै नागरिक विना मास्क हिँडिरहेका देखिन्छन् ।

CONTINUE READING

छाडा पशु संरक्षण केन्द्र अनुसन्धानस्थल बन्दै

व्यास नगरपालिका–१० मादीनदी किनारस्थित शिशुवा भतेरीमा छाडा चौपायालाई व्यवस्थित गरिएको गौ संरक्षण केन्द्रलाई राष्ट्रिय पञ्चकव्य अनुसन्धानस्थल बनाइने भएको छ । छाडा चौपाया जथाभावी छाडिँदा सवारी दुर्घटना हुने, अरुको बालीनाली खाएर सखाप पारिदिने र बजार क्षेत्रको स्वरुप बिगारिदिने लगायतका समस्या देखिएपछि नगरपालिकाको सक्रियतामा छाडा चौपाया व्यवस्थापन गरिएको हो । केन्द्रमा हाल १०० को हाराहारीमा छाडा छोडिएका पशुचौपाया छन् ।

CONTINUE READING

क्यान्सर पीडितलाई मासिक भत्ता दिने तयारी

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताउनुभएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको हिजो सिरहाको लहानमा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनु भएको हो । प्रदेश सरकारले क्यान्सर पीडितको उपचारार्थ कानुन बनाएरै मासिक भत्ता उपलब्ध गराउने तयारी भइरहेको बताउनुभयो ।

CONTINUE READING

‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ बजारमा

दिया सापकोटाको अङ्ग्रेजी बालकथासङ्ग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ प्रकाशन भएको छ ।
दियाका कथाहरूले वातावरण संरक्षणतर्फ विशेष जोड दिएका छन् ।
हिम्मत, कल्पना र सपनाले भरिएका दियाका कथाहरूमा पाठकलाई तान्न सक्ने विषय, प्रस्तुति, शैली र भाषा प्रयोग गरिएको छ ।

CONTINUE READING