६७ देशका नागरिकलाई नेपालमा होटेल क्वारेन्टिन स्थगित

काठमाडौँ, पुस ३/ कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरेको छ ।
शनिबार बिहान एक सूचना प्रकाशित गर्दै विभागले शुक्रबार प्रकाशित यात्रा प्रतिवन्ध र ७ दिन होटलमा अनिवार्य क्वारेन्टिन सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो।
अध्यागमन विभागले आजै प्रकाशित गरेको यात्रा प्रतिबन्ध (७ दिन अनिवार्य होटेल क्वारेन्टाइन) सम्बन्धी जानकारी अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । यसअघि सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू यथावत रहनेछन्।’

CONTINUE READING

चिसो बढ्यो/ काठमाडौंको तापक्रम ३ डिग्री

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार न्युनतम तापक्रम ३.४ डिग्री रहेकोमा शनिबार बिहानको तापक्रम ३ डिग्री मापन भएको छ ।
काठमाडौंसँगै देशका अन्य ठाउँमा पनि चिसो बढेको छ। शनिबारबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ ।

CONTINUE READING

२० प्रतिशत घरधुरीले पोषिलो खानेकुरा खान नपाएको एक अध्ययनले देखाएको छ

गरिबीका कारण नेपालमा अझै पनि २० प्रतिशत घरधुरीले पोषिलो खानेकुरा खान नपाएको एक अध्ययनले देखाएको छ ।

CONTINUE READING

थाक पुस्तकालयलाई ‘भूपि पुरस्कार’

धौलागिरी साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको भूपि पुरस्कार मुस्ताङको कोवाङस्थित भूपि स्मृति थाक पुस्तकालयलाई प्रदान गर्ने भएको छ ।

CONTINUE READING

३२ प्रतिशत बालबालिका दीर्घरुपमा कुपोषित

राष्ट्रिय योजना आयोगले गरेको अध्ययनले नेपालका ३२ प्रतिशत बालबालिका दीर्घरुपमा कुपोषित रहेको देखाएको छ । यसैगरी १७ प्रतिशत महिला अधिक तौलका रहेका र कुपोषणको अवस्था चिन्ताजनक रहेको अध्ययनको निष्कर्ष छ ।

CONTINUE READING

बालबालिकाको हितमा दीगो नीति

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष बिमला केसीले प्रदेश सरकारले बालबालिकाको हितमा दीगो नीति ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

CONTINUE READING

रमेश विकलको स्मृतिमा स्रष्टाहरू पुरस्कृत हुनुभयो

काठमाडौं, २०७८ पुस ०३/ विशिष्ट आख्यानकार रमेश विकलको १४ औं स्मृति सभाका अवसरमा आज राजधानीमा स्रष्टाहरूलाई  पुरस्कृत गरिएको छ ।
रमेश विकल साहित्य प्रतिष्ठानले गरेको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार भैरव रिसालले साहित्य सहित विविध क्षेत्रमा योगदान दिने स्रष्टाहरूलाई पुरस्कृत गर्नु भएको हो ।

CONTINUE READING

बूढानिलकण्ठ मावि पुगेपछि शिक्षामन्त्री प्रभावित

विद्यालय परिसरमा हरियाली साग, लटरम्म गोलभेडा, स्याउ, आरु, अलैचीका बोट लहलह देखेपछि शिक्षा तथा विज्ञान प्रविधि मन्त्री अचम्भित हुनुभयो ।
काठमाडौको बूढानिलकण्ठस्थित बूढानिलकण्ठ स्कुलको निरीक्षण गर्न पुग्नुभएका शिक्षामन्त्री पौडेल विद्यालयको व्यवस्थापन र विद्यार्थीको जाँगर देखेर प्रभावित हुनु भएको हो । शिक्षामन्त्री पौडेलले सो विद्यालयका विद्यार्थीले पाइरहेको गुणस्तरीय र व्यावहारिक शिक्षाको स्थितिबारे जानकारी लिनुभएको हो । विद्यालयमा पुग्दा आफूलाई कुनै कृषि फार्म पुगेको जस्तो महसुस भएको उहाँले बताउनु भयो ।

CONTINUE READING

२२ पालिकालाई क्षयरोग मुक्त पालिका बनाउन अभियान सुरु

टीकापुर नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान सुरु गरिएको छ । सरकारले टीकापुरसहित देशभरका २२ पालिकालाई क्षयरोग मुक्त पालिका बनाउन छनोट गरेको छ ।

CONTINUE READING

अब बालबालिकालाई विद्यालयमा नै खोप : मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाउने बताउनुभएको छ ।

CONTINUE READING