विश्वका हरेक देशका आ–आफ्नै राष्ट्रिय गान (National Anthems) हुन्छन् । राष्ट्रिय गान भनेको राष्ट्रले मान्यता दिएको गान हो । यो संविधानमा उल्लिखित राष्ट्रिय गीत हो । यो हरेक राष्ट्रको भावनात्मक परिचय पनि हो । सामान्तया विद्यालयमा पढाई शुरु हुनु अघि तथा अन्तर्राष्ट्रिय खेल खेल्नु अघिआ–आफ्ना टिमले आ–आफ्नै देशकोराष्ट्रिय गान गाउँछन् । राष्ट्रिय गानहरेक देशको गायत्री मन्त्र जस्तै हुने हुनाले सम्बन्धित देशको नागरिकलाई यसले उत्साहित बनाउँछ ।
विश्वको पहिलो राष्ट्रिय गान जापानको “किमिगायो” हो । यो गीत जापानीहरुले नवौं शताब्दीतिर गाएका थिए । यसमा जापानको सम्राटको प्रशंसा गरिएको छ । राष्ट्रिय गान नभएको विश्वको एक मात्र देशस्विट्जरल्यान्ड हो ।
नेपालको पनि राष्ट्रिय गानको आफ्नै इतिहास र महत्व छ । जसले हरेकनेपालीलाई एउटै मालामा उनिन उत्प्रेरित गर्दछ । नेपालमा सर्वप्रथम राष्ट्रिय गानराणा प्रधानमन्त्री चन्द्र शमशेरकोपालामा चक्रपाणी चालिसेलेवि.सं. १९८२ मा रचना गरेका थिए ।
श्रीमान् गम्भीर नेपाली बोलको राष्ट्रिय गान वि.सं. २०६२–०६३ कोजनआन्दोलन अघिसम्म गाइन्थ्यो । वि.सं. २०६२–०६३ को जनआन्दोलन पश्चात देशमा लोकतान्त्रिक गणतन्त्रको व्यवस्था शुरु भयो । त्यसपछिनेपाल सरकारले पहिलेको राष्ट्रिय गानलाई खारेज गरी सुहाउँदो नेपाली परिवेशको गीत पठाउन लेखक कविहरुलाई आव्हान ग¥यो । जसमा सयौं प्रतियोगीलाई उछिनेर ओखलढुङ्गाका कवि व्याकुल माइलाको सयौं थुँगा फूलका हामी एउटै माला नेपाली भन्ने गीत राष्ट्रिय गान छानिन पुग्यो । वर्तमान राष्ट्रिय गानका रचयिता व्याकुल माइलाको वास्तविक नाम प्रदिपकुमार राई हो ।यस राष्ट्रिय गानमा सुनिने कर्णप्रिय सङ्गीत वरिष्ठसङ्गीतकार अम्बर गुरुङले भरेका हुन् । उनी भने यस जगत्मा छैनन् । ७९ वर्षको उमेरमागत २०७३ जेठ २५ गते उनको देहान्त भयो ।
व्याकुल माइलाले रचना गरेको र अम्बर गुरुङले सङ्गीत भरेको हाम्रो राष्ट्रिय गानलाई बीस जनानेपालका चर्चित गायक गायिकाले गाएका छन् ।
रचना, सङ्गीत र स्वर तीनैवटा कुरा राम्रो रहेकोनेपालको राष्ट्रिय गान विश्वकै उत्कृष्ट राष्ट्रिय गानभित्र पर्दछ । जसको साक्षी ब्राजिलको रियो
ओलम्पिक (२०१६ अगस्त, ५–२२) मा सहभागी २ सय ६
राष्ट्रका राष्ट्रिय गानहरुमध्ये उत्कृष्ट तीनमा पर्न सफल भएको थियो । हाम्रो यस विश्वकै उत्कृष्ट राष्ट्रिय गानमा ४६ शब्द र १ सय २८ अक्षर
छन् । यो गानलाई नेपाल सरकारले वि.सं. २०६४ साउन १८ गते पहिलो पटक सार्वजनिकगरेको थियो । यस गान वर्तमान संविधानको अनुसूची– २ अर्थात् धारा ९ को उपधारा १ मा पनि उल्लेखित गरिएको छ ।
राष्ट्रिय गानको प्रसङ्ग उठाउँदा विश्वका आ–आफ्ना देशका राष्ट्रिय गानहरुका आफ्ना आफ्नै विशेषता छन् । जस्तै विश्वको सबैभन्दा लामो
राष्ट्रिय गान ग्रीसको हो । जसमा १ सय ५८ श्लोक छन् । जसलाई कुनै पनि ग्रीसका नागरिकले अक्षरशः गाउन सक्दैनन् । युरोपको सम्पन्नशाली मुलुक ब्रिटेनमापहिलोपटक राष्ट्रिय गान सन् १६२० मा गाइएको थियो । कवि जोन बुलद्वारा रचित ‘गड सेभ द किङ, गड सेभ द क्विन’ बेलायतको राष्ट्रिय गान रहेको यो गीत पहिलो पटक सन् १७४५ मा सार्वजनिक प्रदर्शन गरिएको थियो ।
अमेरिकाको राष्ट्रिय गान पहिलो पटक सन् १८१२ मा ब्रिटिस विरुद्ध गाइएको थियो ।युद्ध सम्बन्धी घटनाहरु अमेरिकी राष्ट्रिय गानमा पर्दछन् । यसैगरी हाम्रो छिमेकीदेश भारतको राष्ट्रिय गान रविन्द्रनाथ टैगोरद्वारा लिखित ‘जन गणमन अधिनायक जय हेÉ’ हो । टैगोरद्धारा निकै पहिले रचित यो गीत सन् १९११ कोडिसेम्बरमा आयोजित अखिल भारतीय काँग्रेसको अधिवेशनमा पहिलो पटक गाइएको थियो । यसलाई सन् १९५० जनवरी २४ मा राष्ट्रिय गीतको स्तर प्रदान गरिएको थियो भने सन् १९५० जनवरी २६ देखि यसलाई राष्ट्रगानका रुपमा गाउन थालिएको हो । भारतकोराष्ट्रिय गीत भने वुंकिमचन्द्र चट्टोपाध्यायद्धारा रचित ‘बन्दे मातरमÉ’ हो । बंगलादेशको राष्ट्रिय गान रविन्द्रनाथ टैगोरद्धारा रचित ‘अमार सोनार बङ्गला’ हो । अर्थात् दुईदेशको राष्ट्रिय गान लेख्ने स्रष्टा रविन्द्रनाथ टैगोर हुन् ।
राष्ट्रिय गानले हरेक देशको राष्ट्रभक्तिको भाव बोकेको हुन्छ । यसले हरेक देशको नागरिकलाई आफ्नो देशको नागरिक भएकाेमा गर्व महसुस गराउँछ ।

