किताब

कविता साहित्य

तेजस्वी ढकाल

विद्यार्थीको झोलाबाट लुकीलुकी हेर्छ
नयाँ नयाँ कुरा सिकाई आश्चर्यले घेर्छ
अनेक प्रश्न, जिज्ञासाको दिन्छ यो जवाफ
सधैँ मद्दत गर्ने साथी, नाम हो किताब

कहिले नसुनेका कुरा थाहा हुन्छन् यसलाई
विद्वान् पनि छक्क पर्दै पल्टाउँछन् जसलाई
कत्रो बुद्धि, नभएनि आँखा मुख र कान
बाहिरी खोल हेरी यसलाई कहिले कम नठान

किताबका पानाभित्र कति जान अँट्ने
नबुझेमा गाह्रा पाठ मरी मरी रट्ने
जीवजन्तु, समाज, विज्ञान अन्य विषयका
रमाइला कथा पढ्दा दिन चाँडै कट्ने

तर किताब सबै उस्तै राम्रा हुन्नन् नानी
काम लाग्दो मात्र पढ्नु तिमी छानी छानी
बेकार र अनुचितलाई पढ्नु राम्रो होइन
असल किताब पढ्ने तिमी बसाल है बानी !
कक्षा : १० ‘बी’

चित्र : भेक्टर स्टक

Leave a Reply

Your email address will not be published. Required fields are marked *