लेखरचना पठाउन अनुरोध

समाचार

विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी लेखक मित्रहरुले आ-आफ्ना रचनाहरु नेपाली र अंग्रेजी दुवै भाषामा पठाउन सक्नुहुनेछ । उत्कृष्ट रचनाकारहरुलाई हौसलाका लागि पारिश्रमिकको पनि व्यवस्था गरिएको छ ।

  कथा, कविता, मैले घुमेको ठाउँ (संस्मरण), मैले पढेको किताब (समीक्षा), मैले भेटेको उहाँ (व्यक्तित्व परिचय), मलाई मन परेको विदेशी लेखकको किताबको कथा सार लेखक परिचयसहित (नेपाली भाषामा), मलाई मन परेको नेपाली लेखकको किताबको कथा सार लेखक परिचयसहित (अंग्रेजी भाषामा), जीवनी, नाटक एकांकी, पुस्तक परिचय, प्रकाशन संस्था परिचय, सामाजिक संस्था परिचय, आफ्नो विद्यालयको परिचय, आफ्नो गाउँसमाज र घर वरिपरि रहेका मठमन्दिर, प्राकृतिक सम्पदाहरुको परिचय । आफ्नो छिमेकमा रहनुभएका अग्रज व्यक्तित्वको बाल्यकालको सम्झना, बुवाआमाको संस्मरण (मेरो हजुरबुवा, हजुरआमा सानो छँदा, मेरो बुवा सानो छँदा, मेरो आमा सानो छँदा), आफ्नो गाउँठाउँमा सुनिँदै आएका किंबदन्ती कथाहरु आदि इत्यादी रचनाहरु हामीलाई पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *