काठमाडौँ/भदौ २१
संस्कृति स्कुलका बालबालिकाहरु लेखक कार्तिकेयको कथावाचन सुनेर रमाए । गत भदौ १९ गते विहीवार अनलाइन जुमबाट भएको उक्त कार्यक्रममा कक्षा ६ मा अध्ययनरत ३५ जना बालबालिकाहरु सहभागी भएका थिए ।
उक्त अवसरमा केटाकेटी अनलाइनका सम्पादक लेखक कार्तिकेयले कथा लेखनबारे चर्चा गर्नुभएको थियो । उक्त अवसरमा उहाँले आफ्ना रमाइला कथाहरु राम र श्याम बेस्सरी रोए, वाहा दुनोट पसलेकी छोरी वाचन गर्नुभएको थियो ।
कार्यक्रममा बालबालिका र लेखकबिच छलफल भएको थियो । छलफलका क्रममा बालबालिकाले लेखकलाई विभिन्न विषयमा प्रश्न गरेका थिए ।