म को हुँ

Featured Highlights मेरो आवाज

सुविसा फुयाल
कक्षा : १० प्राञ्जली वल्ड स्कुल
वसन्तनगर, बालाजु

म एक सचेत, जिम्मेवार, मेहनती र अनुशासित विद्यार्थी हुँ । म मेरो देश–समाजको प्रिय सन्तान, विद्यालयको असल विद्यार्थी र समाजको एक जिम्मेवार सदस्य हुँ । मेरो उद्देश्य परिश्रम, विश्वास, अनुशासन र सपना हुन् । म जीवनलाई केवल बिताउने समय नभई केही राम्रो गर्ने अवसरका रूपमा लिन्छु ।
म ज्ञानलाई जीवनको प्रकाश मान्छु र शिक्षा नै सफलताको मुख्य आधार हो भन्ने विश्वास गर्छु । त्यसैले म पढाइमा ध्यान दिँदै आफ्नो भविष्य उज्ज्वल बनाउन निरन्तर प्रयास गरिरहेको छु । म भित्र धेरै सपना र लक्ष्यहरू छन् । म भविष्यमा सफल, इमानदार, योग्य र सम्मानित व्यक्ति बन्न चाहन्छु । म आफ्नो परिवारको आशा पूरा गर्दै समाजको सेवा गर्ने र देशको विकासमा योगदान दिन चाहन्छु । म जीवनमा ठूलो उपलब्धि हासिल गर्न मेहनत, धैर्य र आत्मविश्वास आवश्यक हुन्छ भन्ने बुझ्छु । त्यसैले म कठिनाइसँग डराउँदिन र हरेक चुनौतीलाई अवसरका रूपमा लिँदै अगाडि बढ्न चाहन्छु ।
मभित्र नेतृत्व क्षमता, अनुशासन र आत्मविश्वास छ । म सधैं राम्रो गर्ने र अरूलाई पनि राम्रो गर्न प्रेरित गर्ने प्रयास गर्छु । म सधैं सत्य र न्यायको बाटोमा हिँड्ने प्रयास गर्छु । राम्रो काम गरेर अरूको मन जित्ने प्रयास गर्छु ।
अन्त्यमा, म एक जिम्मेवार, मेहनती र सपना देख्ने व्यक्ति हुँ । म आफ्नो लक्ष्यतर्फ निरन्तर अघि बढ्ने प्रयास गर्छु र राम्रो काम गरेर परिवार, समाज र देशको नाम उज्ज्वल बनाउन चाहन्छु । म भित्र आत्मविश्वास र यसै आत्मबलले मलाई सफल बन्न मद्दत गर्छ । त्यसैले म सधैं सकारात्मक सोच राख्छु, उच्च लक्ष्य राख्छु र मेहनत गर्छु । आफ्नो जीवनलाई उज्ज्वल बनाउँछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *