भक्तपुरका कान्छा बालसाहित्य लेखक सम्मानित

समाचार

भक्तपुर चैत, ३, २०७७

भक्तपुरका कान्छा बालसाहित्य लेखक समीर कोजूलाई प्यारागन एकेडेमी, कमलविनायक, भक्तपुरले सम्मान गरेको छ । सिर्जनशील प्रतिभा कोजूले कक्षा १० सम्म यस विद्यालयमा अध्ययन गरेका थिए । हाल उनी कक्षा १२ मा अध्ययनरत छन् ।

बालसाहित्य प्रतिष्ठानबाट ‘विद्यालयका बालबालिकासँग लेखक’ कार्यक्रम अन्तर्गत आयोजित कथावाचन तथा लेखन कार्यशाला कार्यक्रमका क्रममा लेखक कोजूलाई विद्यालका प्रधानाध्यापक पुन्यराम कवान र बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय घिमिरेले खादा ओढाएर सम्मान गर्नुभएको थियो । कथावाचन तथा लेखन कार्यशालामा ४५ जना बालबालिकाले भाग लिएका थिए । कार्यक्रम बालसाहित्य प्रतिष्ठानका भक्तपुर जिल्ला संयोजक रश्मी खागीको सभापतित्वमा सम्पन्न भएको थियो ।

काठमाडौँ, ललितपुर, भक्तपुर र पनौतीमा आयोजित कार्यशालामा सहभागी सय जना बालबालिकाबाट रचना भएका कथामध्ये उत्कृष्ट भई करण र कार्टुन नामक बालचित्रकथाकृति बालसाहित्य प्रतिष्ठान नेपालबाट भर्खरै प्रकाशित भएको छ । यसमा ९ वर्षकी चित्रकार आश्रिति श्रष्ठले चित्र बनाएकी छन् । उनी नेपाली बालसाहित्यमा कृति प्रकाशित हुने सम्भवत कान्छी चित्रकार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *