आजको विशेष भिडियो
राष्ट्रिय बालदिवस २०७८ का अवसरमा नेपाल बालसंगठनद्वारा आयोजित राष्ट्रिय बालगीत प्रतियोगितामा प्रथम भएको बालगीत प्रस्तुत गरिएको छ । यस वर्ष प्रथम पुरस्कार भ्याली भ्यु अंग्रेजी विद्यालय, वानेश्वर, काठमाडौँले प्राप्त गरेको छ । विजयी विद्यार्थी र विद्यालय परिवारलाई हार्दिक बधाई छ ।
राष्ट्रिय बालदिवस २०७८ का अवसरमा नेपाल बालसंगठनद्वारा आयोजित यस राष्ट्रव्यापी प्रतियोगितामा भ्याली भ्यु अंग्रेजी स्कुल, वानेश्वर, काठमाडौँ साना बालबालिकाको समूहतर्फ प्रथम र ठुला बालबालिकाको समूहमा तृतीय हुन सफल भएको थियो । यस गीतका रचनाकार मित्र केसी, संगीततर्फ गोपाल पहारी (तबला), मित्र केसी (किबोर्ड) र राजेन्द्र महर्जन (मादल) ले भूमिका निभाउनुभएको छ । छायांकन दीर्घराज श्रेष्ठले गर्नुभएको हो । यो गीत भ्याली भ्यु स्कुलका विद्यार्थीहरु आशिका जोशी, मेर्नाली ज्ञवाली, उत्सव नेपाल र एरिक खड्काले गाउनुभएको छ । भ्याली भ्यु स्कुलले प्रस्तुत गरेको यो भिडियो दीपु फोटोवक्स्रले तयार गरेको हो ।