इटालीमा हिमपात

अन्तर्राष्टिय समाचार

विश्व समाचार :

इटालीमा भारी हिमपातका कारण अवरुद्ध भएको राजमार्ग अग्नी नियन्त्रकहरुले खुल्ला गरेका छन् । भारी हिमपातका कारण सडकमा बाक्लो हिउँ जम्नुका साथै रुखहरु भाँचिएका छन् ।

इटालीको दक्षिणी कोसेन्जा क्षेत्रमा भारी हिमपातका कारण अवरुद्ध सडक खुल्ला गर्न रातभर कामदारहरु खटेका थिए । हिमपात हटाउने क्रममा हिउँमा जीप सहित चिप्लिएका एक चालकलाई सकुशल उद्दार गरिएको छ । इटालीको नागरिक सुरक्षा विभागले गम्भीर मौसमी अवस्था आउने र थप भारी हिमपातको सम्भावना रहेको भन्दै नागरिकहरुलाई सचेत गराएको छ ।

Leave a Reply

Your email address will not be published.