सर्केगाड गाउँपालिकाले विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ । गाउँपालिकाले देवल आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई प्याड वितरण गरेको हो । महिनाबारी भएको समयमा लजाएर छात्रा विद्यालय आउन छोड्ने भएकाले उनीहरुलाई निःशुल्क प्याड वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
सर्केगाड –१ स्थित तुम्चामा अध्ययनरत सो विद्यालयका कक्षा ६ देखि ८ कक्षासम्मका छात्रालाई प्याड वितरण भएको विद्यालयका प्रधानाध्यापक कालीबहादुर रावतले जानकारी दिनुभयो । वितरणको क्रममा पनि छात्राले प्याड लिन लजाउने गरेका उनीलाई सम्झाइबुझाइ गरेर प्याड प्रदान गरिएको उहाँले बताउनुभयो । सिमकोटमा रेना सेनेटरी प्याड बैंक स्थापना भएको छ ।