अमेरिकी विज्ञहरुको प्यानलले कोरोना विरुद्ध प्रयोग हुँदै आएको जोनसन एण्ड जोनसन खोपको सट्टा फाइजर अथवा मोर्डना खोप दिने पक्षमा मतदान गरेका छन् । जोनसन एण्ड जोनसन खोप लगाएकामा घातक प्रकृति रगत जम्ने समस्या लगायतका साइड इफेक्ट देखिएपछि सो खोप हाल प्रयोग नगर्न विज्ञहरुले सिफारिस गरेका हुन् ।
अमेरिकास्थित रोग नियन्त्रण तथा रोकथाम केन्द्र सिडिसीले कुल ५७ जना जोनसन एण्ड जोनसनको खोप लगाएका विरामीमा दुर्लभ प्रकृतिको रगत जम्ने समस्या देखिएको जनाएको छ । त्यस मध्ये हालसम्म ७ जना महिला र दुई जना पुरुषको रगत जम्ने समस्याकै कारण मृत्यु भइसकेको छ । मृत्यु हुनेहरु २८ देखि ६२ वर्षका रहेका छन् । अमेरिकामा १ करोड ६० लाख मानिसले एकै डोज मात्रै लगाए पुग्ने जोनसन एण्ड जोनसनको खोप लगाएका छन् ।