बुस्टर डोजले ओमिक्रोन संक्रमणबाट ८५ प्रतिशत सुरक्षा प्रदान गर्ने

अन्तर्राष्टिय समाचार

बुस्टर खोपले ओमिक्रोन संक्रमणबाट हुनसक्ने गम्भीर रोग विरुद्ध ८५ प्रतिशत सुरक्षा प्रदान गर्ने वैज्ञानिक निष्कर्ष/बेलायतमा एक सातामै लगाए साडे ८ लाख भन्दा बढीले बुस्टर खोप ।

कोरोना विरुद्ध प्रयोग हुँदै आएको खोपको बुस्टर डोजले ओमिक्रोन संक्रमणबाट हुन सक्ने गम्भीर रोग विरुद्ध ८५ प्रतिशत सुरक्षा प्रदान गर्ने अध्ययनबाट पुष्टि भएको छ । बेलायतका अनुसन्धानकर्ताहरुले गरेको बुस्टर खोपको प्रभावकारिता सम्बन्धी अध्ययन विश्लेषणबाट यस्तो निष्कर्ष आएको हो । यस अघिका कोरोनाका भेरियन्टमा भन्दा खोपले केही कम सुरक्षा प्रदान गरे पनि यसले मानिसलाई विरामी गराउने र अस्पताल भर्ना गर्ने दरमा भने निकै कमी ल्याएको अनुसन्धानबाट फेला परेको छ ।

ओमिक्रोन संक्रमण विरुद्ध दुई डोज खोप मात्रै प्रभावकारी नभएको पाइएपछि संसारभर नै बुस्टर खोप अभियान नै शुरु भएको छ । बेलायतमा ओमिक्रोन सहित कोरोना संक्रमण उच्च गतिमा बढ्न थालेपछि सरकारले बुस्टर खोप अभियानलाई योजना गरेभन्दा एक महिना अगाडि नै शुरु गरेको हो । बेलायतमा यसै साता शुरु भएको बुस्टर खोप कार्यक्रम अन्तर्गत् बिहीबार सम्ममा ८ लाख ६१ हजारभन्दा बढीले बुस्टर खोप लगाएका छन् ।

बेलायतमा पछिल्लो २४ घन्टामा मात्रै ९३ हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएका छन् । बेलायतमा दिनदिनै संक्रमणको नयाँ रेकर्ड कायम भइरहेको छ । यो संख्या महामारी शुरु भएयताकै सबैभन्दा उच्च हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *