भारतमा ओमिक्रोनबाट बच्न अनावश्यक भीडभाड नगर्न र यात्रा नगर्न आग्रह गरिएको छ

अन्तर्राष्टिय समाचार

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न अनावश्यक भीडभाड नगर्न र यात्रा नगर्न आग्रह गरिएको छ । ओमिक्रोनबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएपछि भारतको सङ्घीय सरकारले उच्च सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको हो । 

भारतमा ओमिक्रोनको सङ्क्रमण तीव्र रूपमा फैलिएको पाइएको छ । अहिलेसम्म १०१ जनामा ओमिक्रोन भाइरसको सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । यसको सङ्क्रमण थप फैलिन नदिन कोरोना भाइरसबाट बच्ने स्वास्थ्य मापदण्डहरू पालना गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।

भीडभाडमा नजाने, मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने लगायतका कार्य गर्नुपर्ने उनीहरूको भनाइ छ । यात्रा गर्ने, भीडभाड गर्ने बेला अहिले नभएको भन्दै मन्त्रालयले यसमा लापरवाही नगर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *