अमेरिकामा क्रिसमसमा ‌ओमिक्रोन बढ्ने सम्भावना

अन्तर्राष्टिय समाचार

क्रिसमसका लागि बढ्दो घुमघाम र यात्राले कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण पूर्ण खोप लगाएकाहरुमा व्यापक रुपमा बढ्ने सम्भावना रहेको अमेरिकी संक्रामक रोग विशेषज्ञको भनाई छ । संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले संचारकर्मीसँग गरिएको एक कार्यक्रममा ओमिक्रोन भेरियन्टमा अन्य भेरियन्टभन्दा छिटो फैलिन सक्ने क्षमता रहेको बताउनु भयो ।

अमेरिकी सरकारको स्वास्थ्य सल्लाहार समेत रहनु भएका फाउसीले ओमिक्रोन संसारभर फैलिएको बताउनु भयो । केही युरोपेली मुलुकहरुले संक्रमण बढेसँगै प्रतिबन्धात्मक व्यवस्थामा कडाई गरेका छन् । नेदरल्याण्डले क्रिसमस लक्षित गरी कडा लकडाउनको घोषणा गरेको छ । बेलायत, फान्स र जर्मनीले पनि कोभिड संक्रमण नियन्त्रणका लागि कडा प्रतिबन्धात्मक व्यावस्था लागू गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *