पोर्चुगलले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन थालेको छ । यहाँको स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार मात्र ४१ हजार जनालाई खोप लगाइएको छ । ती बालबालिका ओमिक्रोन भाइरसको सङ्क्रमण बढेको प्रभावित क्षेत्रका हुन् ।
५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाइएको जनाइएको छ । बालबालिकालाई नै विशेष प्राथमिकतामा राखेर खोप दिने गरिएको छ । यसै वर्षभित्र पोर्चुगलका सबै बालबालिकालाई कोरोना विरुद्धको खोप दिइसक्ने र बाँकीलाई आगामी वर्षमा दिइने पनि अधिकारीहरुले जनाएका छन् । आगामी वर्षबाट यो कार्यक्रमलाई थप प्राथमिकता राखिने र १३ वर्षसम्मका सबैलाई खोप दिइनेछ । पोर्चुगलमा पछिल्लो समयमा कोरोनाको प्रकोप बढ्दै गएको छ ।