बङ्लादेशमा कोरोना विरुद्ध अतिरिक्त खोप लगाउन सुरु

अन्तर्राष्टिय समाचार

बङ्लादेशमा आइतबारदेखि कोरोना भाइरस विरुद्ध अतिरिक्त खोप लगाउन सुरु गरिएको छ । सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

बङ्लादेशका स्वास्थ्य मन्त्री जहिद मालेक्वीले राजधानी ढाकामा यस अभियानको शुभारम्भ गर्नुभएको हो । अभियानको उद्घाटन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस अभियानलाई चाँडै नै देशव्यापी गराइने जानकारी दिनुभयो ।

अतिरिक्त खोप सुरुमा अग्रपङ्क्तिमा काम गर्नेहरूलाई उपलब्ध गराइने र त्यसपछि क्रमशः अरुलाई लगाइने उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार पत्रकार तथा धार्मिक नेताहरूलाई पनि अतिरिक्त खोपका लागि प्राथमिकताको सूचीमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *