नाइजेरियामा महामारी चौथो लहर

अन्तर्राष्टिय समाचार

नाइजेरियामा कोरोना भाइरसको चौथो चरणको महामारी सुरु भएको घोषणा गरिएको छ । देशमा डेल्टा र ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिन थालेपछि सरकारले कोरोना भाइरसको चौथो चरणको महामारी सुरु भएको निष्कर्ष निकालेको हो ।

अफ्रिकी मुलुकहरू मध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको नाइजेरियामा पछिल्लो दुई सातामा ५ सय प्रतिशतका दरले सङ्क्रमण फैलिएको छ । नाइजेरियाको रोग नियन्त्रण केन्द्रका प्रमुख इफेडायो अडेटिफाले सङ्क्रमणको दर डरलाग्दोसँग फैलिएकाले चौथो चरणको महामारीको रूपमा लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार नाइजेरियामा कोरोना भाइरसका कारण अहिलेसम्म दुई लाख २३ हजार ८ सय ८७ जना सङ्क्रमित भएका छन् ।  कुल सङ्क्रमित मध्ये दुई हजार ९ सय ८५ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *