होन्डुरसमा पहिलो महिला राष्ट्रपति

अन्तर्राष्टिय समाचार

२०७८ पुस ६ (रासस/सिन्ह्वा) होन्डुरसको नयाँ राष्ट्रिपतिमा पहिलो पटक महिला निर्वाचित हुनुभएको छ । यहाँको निर्वाचन आयोगले सियोमरा क्यास्ट्रो नयाँ राष्ट्रिपति निर्वाचित हुनुभएको जनाएको हो ।

होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रिपति निर्वाचित हुनुभएको घोषणा गरिएको हो । अघिल्लो महिना नयाँ राष्ट्रिपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी सोमबार मात्र उहाँलाई निर्वाचित भएको घोषणा गरिएको हो । सो घोषणामा उहाँको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने घोषणा पनि गरेको छ । उहाँले यहाँको निर्वाचनमा १७ लाखभन्दा बढी मत प्राप्त गर्नुभयो । यो संख्या कुल मतको ५१.१२ प्रतिशत हो । उहाँ होन्डुरसका पूर्व राष्ट्रिपति म्यानुअल जिलयाकी श्रीमती हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *