कार्तिकेय घिमिरेद्वारा लिखित सचित्र रंगिन बालकृतिहरु बजारमा

बजारमा नयाँ बालपुस्तक

बालसाहित्य लेखक कार्तिकेय घिमिरेद्वारा लिखित सचित्र रंगिन बालकृतिहरु भर्खरै बजारमा आएका छन् । यी कृतिहरु बालसाहित्य प्रतिष्ठान नेपाल र केटाकेटी मिडियाबाट प्रकाशित भएका हुन् । ‘भ्यागुताको न्याय’ कृतिका चित्रकार वरिष्ठ चित्रकार शान्ता हितांग हुनुहुन्छ भने अन्य तीन वटा कृतिहरुमा वरिष्ठ चित्रकार अविन श्रेष्ठका आकर्षक चित्रहरु रहेका छन् ।

कार्तिकेयका प्रकाशित बालकृतिहरुको लेखकस्वबाट कार्तिकेय ट्रस्ट नेपालले विगत २५ वर्षदेखि कार्तिकेय बालप्रतिभा पुरस्कार वितरण गर्दै आएको छ । यस वर्ष पनि पुस ८ गते भव्य समारोहबीच ६ जना बालप्रतिभालाई पुरस्कार, चार जना अग्रज लेखक र १ जना युवा चित्रकारलाई सम्मान तथा एक जना पत्रकारलाई बालसाहित्य प्रवर्धन पुरस्कार समर्पण गरिएको छ । यस वर्ष पुरस्कृत बालप्रतिभालाई र पत्रकारलाई जनही दस हजार नगद र प्रमापत्र तथा सम्मानितलाई जनही ५ हजार नगद र सम्मान पत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *