समृद्धि पोखरेल प्रथम

Highlights राष्ट्रिय विद्यालय समाचार समाचार

काठमाडौँ, २०७८ पुस १२/ प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ पुस ११ का अवसरमा राष्ट्रपति भवनमा प्रथम राष्ट्रिय भवनमा ज्येष्ठ नागरिक अभिनन्दन तथा पुरस्कार वितरण कार्यक्रममा समाज कल्याण परिषद्, राष्ट्रिय जेष्ठ नागरिक कोषद्वारा आयोजित देशव्यापी कविता प्रतियोगितामा भ्याली पब्लिक स्कुलकी कक्षा ९ की  प्रतिभाशाली छात्रा समृद्धि पोखरेल सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कृत हुनुभएको छ । उहाँले पदकका साथमा नगद ८ हजार पनि पुरस्कारमा प्राप्त गर्नुभएको थियो ।

उक्त दिवसका अवसरमा समाजकल्याण परिषद्, राष्ट्रिय ज्येष्ठ नागरिक कोषले पौष ११ मा शीतल निवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसहितका व्यक्तित्वलाई अभिनन्दन गर्नुभएको थियो । अभिनन्दित हुनेमा वरिष्ठ पत्रकार भैरव रिसाल, कृष्णा ताम्राकार, अर्थविद् हिमालय शमशेर राणा, शिक्षासेवी नानीमैया श्रेष्ठ, साहित्यकार भद्रकुमारी घले, कलाकार कालु कुमाले र वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की हुनुहुन्छ ।

यस्तै विभिन्न क्षेत्रबाट ज्येष्ठ नागरिकका लागि सेवा दिने कलाकार  मदनदास श्रेष्ठ, पूर्वसचिव कृष्णहरि बाँस्कोटा, पूर्वराष्ट्रसेवक मोहनबहादुर केसी, सामाजिक कार्यकर्ता प्रकाश गौतम, खेमराज उपाध्याय, बालकृष्ण थापामगर र जोगबहादुर महर्जनलाई सम्मानित गरियो ।

अभिनन्दित व्यक्तित्व जोशीले जीवनलाई सत्यम शिवम्, सुन्दरम्, बनाउने समय नै बुढ्यौली भएकाले ज्येष्ठ नागरिकले  अरुसँग गुनासो नगरेर चिन्तनमनन्मा समय व्यतित गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.