दिल्लीमा लगाए सत प्रतिशतले कोभिड विरूद्धको खोप

अन्तर्राष्टिय समाचार

भारतको संघीय राजधानी नयाँ दिल्लीमा कोभिड विरूद्धको खोप लगाउन योग्य जनसङ्ख्याको सतप्रतिशत व्यक्तिलाई खोपको पहिलो मात्रा लगाइसकेको मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनु भएको छ ।

ट्वीटर मार्फत् खोप कार्यक्रमबारे जानकारी गराउँदै मुख्यमन्त्री केजरीवालले दिल्लीले कोभिड–१९ विरूद्धको खोपको पहिलो मात्रा खोप लगाइसकेको भन्दै कार्यक्रम सफल पार्न प्रत्यक्ष वा परोक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.