रुसले विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिवाना गर्ने

अन्तर्राष्टिय समाचार

रुसले विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिवाना गर्ने भएको छ । मस्कोको एउटा अदालतले शुक्रबार गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिवाना गर्ने आदेश दिएको हो । अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा गुगललाई जरिबाना गरिएको हो ।

जरिवाना सम्बन्धी जानकारी अदालतको प्रेस सेवाले टेलिग्राम मार्फत् दिएको हो । केही यूरोपेली मुलुकले जस्तै रुसले पनि गुगलले अवैध सामग्री राखेको भन्दै आपत्ति जनाउँदै यस्ता सामग्री हटाउन दबाव दिँदै आएको थियो ।

इन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्यधिक लगानी गरेको गुगल संयुक्त राज्य अमेरिकाको एक बहुराष्ट्रिय सार्वजनिक कम्पनी हो । इन्टरनेटमा आधारित बहुसंख्यक सेवा तथा उत्पादनहरूको आयोजना तथा विकास गरेर आफ्नो विज्ञापनिक कार्यक्रम ‘एडवर्ड्स’को माध्यमबाट नै गुगलले नाफा कमाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *