सैँतीस बालिकालाई छात्रवृत्ति

Featured राष्ट्रिय विद्यालय समाचार समाचार

काठमाडौँ, २०७८ पुस १३ (रासस)/ मानवअधिकार तथा शान्ति समाजले दलित समुदायका विपन्न परिवारका ३७ बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । विपन्न परिवारका ६ कक्षामा अध्यनरत बालिका प्रत्येकलाई रु १२ हजारका दरले रु चार लाख ४४ हजार छात्रवृत्ति प्रदान गरिएको हो । मोरङको थलाहामा आज आयोजित कार्यक्रममा कटहरी गाँउपालिका, थलाहास्थित जनता माविका २९ र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती माविका बालिकालाई छात्रवृत्ति रकम प्रदान गरिएको हो ।

‘छोरी पढाऔँ  गरिमा बढाऔँ’ आह्वानसहित मानवअधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियानअन्तगर्त पाँच वर्षसम्म अर्थात १० कक्षा पुगुन्जेल उनीहरुलाई रु १२ हजारका दरले प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिने समाजले जनाएको छ । पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य रामप्रसाद जोशी, अनुजा खनाल, सम्वत थापा, अपूर्वा शर्मा र उर्मिला पराजुलीले दुई दुई जनानालाई पाँच वर्षे छात्रवृत्तिका लागि सहयोग गर्नुभएको हो ।

यसैगरी गोविन्द खनाल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मी श्रेष्ठ, कृष्णबहादुर रावल, रामकृष्ण बराल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, तरुण शर्मा, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, आर्या पाण्डे र शैशव खनालले छात्रवृत्ति अभियानमा सहयोग गर्ने समाजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *