जागरुक युवा अभियान नेपालले यस वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाएको छ । सो अभियानले गत नौ वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षको जनवरी १ का दिन यो दिवस मनाउँदै आएको अभियानका संयोजक घनश्याम श्रेष्ठले बताउनुभयो ।
विसं २०६८ मा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाली राष्ट्रिय पोसाकलाई औपचारिक रूपमा हटाएपछि त्यसलाई स–सम्मान फिर्ता हुनुपर्ने मागसहित सरकारलाई दबाब दिन टोपी दिवस मनाउन थालिएको संस्थाका सचिव ज्ञानमणि नेपालले जानकारी दिनुभयो । कोभिड–१९ को जोखिमका कारण यस वर्ष दिवसका अवसरमा प्रभातफेरिजस्ता जनप्रदर्शन भने गरिएन ।